|

विश्वकप फुटबलमा आज राति सर्वाधिक धेरै दर्शकको प्रतीक्षामा रहेको खेल हुँदै छ। गत संस्करणको उपविजेता अर्जेन्टिना नकआउट चरण प्रव्रेशको निर्णायक खेलमा नाइजेरियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ।

प्रतियोगिामा समूह ‘डी’ बाट क्रोएसिया नकआउट चरणमा प्रवेश गर्दा अर्को सहभागीको टुंगो आज राति लाग्नेछ। जसका लागि नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिना तीनै टिमको सम्भावना रहेकाले आज सबैका लागि निर्णायक दिनका रूपमा रहनेछ।

प्रतियोगिताको पहिलो खेलमा आइसल्यान्डसँग बराबरी खेलेको तथा दोस्रो खेलमा क्रोएसियासँग पराजित भएकाले अर्जेन्टिनाको नकआउट सम्भावना संकटमा परेको छ । तर, अझै सम्भावना बाँकी रहेकाले अर्जेन्टिना निश्चित जितका लागि मैदानमा उत्रनेछ। नकआउट प्रवेशका लागि अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्नु पर्नेछ भने अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित अथवा बराबरी गरे उसलाई थप सहज हुनेछ।

नाइजेरियाले आफ्नो पहिलो खेलमा क्रोएसियासँग पराजित भए पनि अर्को खेलमा आइसल्यान्डलाई पराजित गरेकाले उसका लागि अर्जेन्टिनालाई बराबरीमा रोकेपनि अघिल्लो चरण सम्भावना बलियो हुनेछ। गोल अन्तर राम्रो रहेकाले आइसल्यानडले क्रोएसियालाई फराकिलो अन्तरले हराए मात्र बराबरीले पनि अघि जानबाट नाइजेरिया रोकिने छ। तर, उसले अर्जेन्टिनालाई पराजित गरेको खण्डमा भने विनाअवरोध नकआउट चरण प्रवेश गर्नेछ।

अर्जेन्टिना र नाइजेरिया दुवैका लागि क्रोएसियाको खेल महत्वपुर्ण हुने छ। क्रोएसियाले आइसल्यानडलाई पराजित गरेमा नाइजेरीया र अर्जेन्टिना दुबैलाई सहज हुने छ । तर क्रोएसिया हारेमा भने समूहमा अर्जेन्टिना र नाइजेरिया दुवैलाई मुस्किल पर्नेछ।

नाइजेरियाविरुद्ध हेड टु हेडमा अर्जेन्टिना बलियो छ। यी दुईबीच भएका ८ भिडन्तमा अर्जेन्टिनाले पाँचपटक जित निकालेको छ भने दुईपटक नाइजेरियाले जितेको छ। एकपटक यी दुईबीच बराबरी भएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.