अनुसन्धान सकियो छिट्टै पक्राउ गर्छौं : सिआइबी

|

काठमाडौं : नेपाल प्रहरीले केही ठूला ठूला अपराधको सफल अनुसन्धान गरेको छ। ‘बिकिनी किलर’ भनेर चिनिने चाल्‍स शोभराज पक्राउदेखि चर्चित रानीबारी हत्याकाण्डका हत्यारा पक्रनु नेपाल प्रहरीको ठूलो सफलता हो। तर, प्रहरीले केही घटनाको भने दशक लामो अनुसन्धान गर्दा पनि पत्ता लगाउन सकेको छैन। यसको पहिलो उदाहरण हो। आफ्नै सहकर्मी हत्याको १२ वर्षसम्म पत्ता लगाउन नसक्नु।

प्रहरी नायव निरीक्षक (सई) कुबेरविक्रम कार्की पूर्वगृहमन्त्री खुमबहादुर खड्काका सुरक्षा गार्ड थिए। उनको २०६३ साल मंसिर २० गते भक्तपुरको गोठाटारमा घरमा बसिरहेका बेला हत्या भएको थियो। ३२ वर्षका कार्कीलाई अपरिचित दुईजनाले घरभित्रैबाटै घिसारेर बाहिर लगेर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कार्कीको मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भयो।

घटना भएको १२ वर्ष बितिसक्दासमेत प्रहरीले कार्की हत्या कसले र किन गरेको थियो अझैसम्म पत्ता लगाउन सकेको छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यस घटनाको अझै अनुसन्धान जारी राखेको सिआइबी प्रवक्ता एवं उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए। 

दिवाकार चन्द हत्याकाण्ड

रहस्यको गर्भमा रहेको अर्को घटना हो, हाइ प्रोफाइल दिवाकर चन्द हत्याकाण्ड। विश्व हिन्दु महासंघका तत्कालीन वरिष्ठ उपाध्यक्ष तथा पूर्वराजा त्रिभुवनका पनातिनी ज्वाइँ हुन् चन्द।

काठमाडौं छाउनीका ५५ वर्षे चन्दको २०६९ साल असोज १७ गते ललितपुरको धोवीघाटमा हत्या भएको थियो। हत्या भएको तीन दिनपछि चन्दको शव भेटिएको थियो। टेलिफोनको तारले घाँटी कसेर चन्दको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्‍कर्ष थियो।

तर, यो घटनाको अभियुक्तलाई अझै प्रहरीले पत्ता लगाउन सकेको छैन। चन्द श्रीमतीसँग छोडपत्र गरेर धोवीघाटमा फ्ल्याट भाडामा लिएर बसेका थिए। उनको हत्या भएको ६ वर्ष पुग्दासमेत प्रहरी हत्यारा पत्ता लगाउन सकेको छैन। 

सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्याकाण्ड 

प्रहरीको अनुसन्धानलाई चकित तुल्याउने अर्को हत्याकाण्ड हो, नेपालगञ्जका हेमकार परिवार पाँचजनाको सामूहिक हत्याकाण्ड। २०६२ फागनु २३ गते नेपालगन्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारीबाहेक सबैको हत्या भएको थियो। मारिनेमा गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार, र पसलमा काम गर्ने १५ वर्षे रामसनिच्चर चौधरी थिए।

उनीहरूको हत्या गरेर लाखौँ रुपैयाँ बराबरको सुनचाँदीका गहनासमेत लुटिएको थियो। पाँचैजनालाई राति सुतिरहेका बेला धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो। मारिएका सबैको रुद्रघण्टी निकालिएकाले हत्यारा पेसेवर भएको प्रहरीको निष्कर्ष थियो।

मारिएका सबैको रुद्रघण्टी निकालिएकाले हत्यारा पेसेवर भएको प्रहरीको निष्कर्ष थियो। घटना कहालीलाग्दो भएको भन्दै  प्रहरी प्रधान कार्यालयबाट र जिल्ला प्रहरी कार्यालय बाँकेले तत्काल अनुसन्धान सुरु गेरको थियो।

घटना कहालीलाग्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयबाट र जिल्ला प्रहरी कार्यालय बाँकेले तत्काल अनुसन्धान सुरु गेरको थियो। तर, हत्यारा को हो? प्रहरीले भेउसम्म पाएन। अहिले उक्त घटना केन्द्रीय अनुसन्धान ब्युरोमा छ।

सिआइबीले घटनामा परिवारकै सदस्यको हात रहेको सुराक पाएको थियो। प्रहरीले शंका गरेको व्यक्ति बुहारी दीपा हेमकार घटना भएलगत्तै घर बेचेर भारतको लखनउ बस्न थालेकी थिइन्। उनी अनुसन्धानको घेरामा तानिइन् तर, हत्या कसले गराएका थियो अझै गर्भमै रहेको छ। हाल दीपा हेमाकर नेपालमै नरहेको प्रहरीको भनाइ छ।

 

अनुसन्धान सकियो छिट्टै पक्राउ गर्छौं : सिआइबी 

माथि उल्लिखित तीनवटै घटनाको अनुसन्धान सिआइबीले गरिरहेको छ। सिआइबी स्रोतका अनुसार तीनवटै घटनाको अनुसन्धान करिब करिब सकिइसकेको छ। अपराधमा संलग्नहरूको समेत पहिचान भइसकेको छ।

'प्राविधिक कारणले अभियुक्तहरूलाई पक्राउ गर्न सकिराखेका छैनौँ, प्राविधिक कुरा भनेको केही ठाउँबाट असहयोग भएको छ, हत्या भएका परिवारबाटै समेत कार्यालय बोलाउँदा प्रहरीले दु:ख दियो भनेर वकिल बोकेर आउने गरेका छन्,' सिआइबी स्रोतले भन्यो,

'प्राविधिक कारणले अभियुक्तहरूलाई पक्राउ गर्न सकिराखेका छैनौँ, प्राविधिक कुरा भनेको केही ठाउँबाट असहयोग भएको छ, हत्या भएका परिवारबाटै समेत कार्यालय बोलाउँदा प्रहरीले दु:ख दियो भनेर वकिल बोकेर आउने गरेका छन्,' सिआइबी स्रोतले भन्यो, 'त्यसमध्ये पनि हत्याका पछाडि धेरै स्वार्थ बाझिएका देखिन्छन्। सिआइबीको अनुसन्धान सकिएको छ। हत्यारा पक्राउ हुन सक्ने सम्भवना छ ढिलो चाँडो हो, पक्राउ पर्छन्,' सिआइबीका एकजना प्रहरी अधिकृतले भने।

प्रहरी अधिकृतका अनुसार अपराधका केही घटना पत्ता लगाउन उच्च प्रविधिको आवश्यकता भएको र नेपालमा त्यस्तो प्रविधि नहुँदा घटनाको अनुसन्धान गर्न कठिन हुने गरेको छ।

प्रहरीले लामोसमय अनुसन्धान गर्दा पनि अपराधीसम्म पुग्‍न नसक्नुको कारण घटनास्थलबाट भेटिएका प्रमाणहरू संकलनमा कमजोरी हुनु नै प्रमुख कारण रहने गरेको पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्लको भनाइ छ।

‘अनुसान्धानको प्रक्रिया सुरुमा घटनास्थलमा भेटिएका प्रमाणहरू संकलनबाटै हुने गर्छ। प्रमाणहरू संकलनमै कमजोरी भयो भने घटनाको अनुसन्धान प्रक्रियामै कठिन हुन्छ,’ मल्लले भने। प्रमाणपछिको घटनाको अनुसान्धान प्रक्रियामा अनुसन्धान अधिकृतका कारण पनि कुनै घटना पत्ता लगाउन कठिन हुने गरेको उनको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.