|

चितवन  ः कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले सूचना र प्रविधिमा अध्ययन गर्ने ४९ जना विद्यार्थीलाई यही शैक्षिक सत्रदेखि  एक करोड ८३ लाखको छात्रवृत्ति दिने भएको छ।

सूचना र प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न गरीब र जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासंघले चितवनमा बुधबार उक्त घोषणा गरेको हो।  

लर्डबुद्ध एजुकेशन फाउण्डेसन नेपालको सहकार्यमा महासंघले ‘क्यान नेशनल आइसीटी स्कलरसीप–२०७५’ वितरण गर्न लागिएको क्यान महासंघ प्रदेश ३ का उपाध्यक्ष विनोद पौडेलले जानकारी दिए। 

आइसीटी क्षेत्रमा पढ्न चाहने गरीब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोगका लागि छात्रवृत्ति कार्यक्रम शुरु गरिएको उनले बताए। क्यान महासंघका सहकोषाध्यक्ष शेखर दुलालले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि यो अभियान शुरु भएको जनाए। 

लर्डबुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले आजको युग सूचना प्रविधिको युग भएकोले फाउण्डेसनले १ करोड ८३ लाख ३६ हजारको छात्रवृत्ति उपलब्ध गराउन लागिएको उल्लेख गरे। छनोट भएका विद्यार्थीले लर्ड बुद्ध एजुकेशन फाउन्डेसनमा विएससी आइटी तहमा अध्ययन गर्न पाउनेछन। देशका सातवटै प्रदेशका विद्यार्थीले यो अवसर पाउने उनको भनाइ छ।
 
हरेक प्रदेशबाट एकएक जनाका दरले ७ जना छात्रालाई पूर्ण छात्रवृत्ति, हरेक प्रदेशबाट सहभागि ७ जना छात्रालाई  ट्यूसन र ल्याव शुल्कमा पूर्ण छात्रवृत्ति र हरेक प्रदेशबाट २,२ जनाका दरले १४ जनालाई ल्यावमा मात्रै पूर्ण छात्रवृत्ति दिईने छ।  यस्तै पुरुषतर्फ पनि हरेक प्रदेशबाट छानिएका ७ जनालाई ल्याव र ट्यूसन तथा १४ जनालाई ल्याबमा मात्रै छात्रवृत्ति दिईने छ। आवेदन खुला भएकाले आवेदन दिन समेत क्यान महासंघ अनुरोध गरेको छ। 

यसैवीच चितवनको अर्किड कलेज ईन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ । नेपालका ७७ विद्यालय सहभागि रहेकोमा १४ जिल्लाका १९ विद्यालयले अवार्ड प्राप्त गरेकोमा चितवनको अर्किडले मात्रै अवार्ड प्राप्त गरेको कार्यक्रम संयोजक ओमराज मैनालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.