|

काठमाडौं : प्रहरीले काठमाडौंको नागढुंगाबाट तस्करीको सुन सहित दुई जनालाई पक्राउ गरेको छ। नागढुंगा प्रहरीले तस्करीको तीन किलो सुन सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक रहेको नागढुंगा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतका दीपक कुमार मोर्के र महेन्द्रनगर भिमदत्तका मनोज विक रहेको डिएसपी मोहनकुमार थापाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.