यो वर्षबाट दैलेख खण्डको २९ किलोमिटर कालोपत्रे हुँदै

|
संकेतिक फोटो

दैलेख : मध्यपहाडी लोकमार्गअन्तर्गत विवादिद बन्दै आएको दैलेख खण्डले आठ वर्षपछि कामले तीव्रता पाएको छ। मध्यपहाडी सडक सुचारु गर्नका लागि कामको जिम्मा लिएका ठेकेदार कम्पनी र सडक पर्ने स्थानका स्थानीय जनप्रतिनिधिहरूले सहजिकरणको भूमिका निर्वाह गरेपछि दैलेखको जाजरकोट हुँदै बेस्तडासम्मको सडक नयाँ आर्थिक वर्षभित्र कालोपत्रे भइसक्ने आयोजनाका इन्जिनियर तुलाधर शर्माले जानकारी दिएका छन्।

गत वर्षदेखि विभिन्न चारवटा स्थानमा आयोजनाले ठेक्का खुलाएको थियो। ठेकेदार कम्पनीहरूले अहिले धमाधम काम सुरु गरिरहेका छन्। दैलेख खण्डभित्र पर्ने विभिन्न चारवटा सडक खण्डमा एक खर्ब ३९ करोड रुपैयाँको ठेक्कामार्फत काम सुरु भएको हो।

गत वर्षदेखि जाजरकोटको सीमा हुँदै दैलेखको मनघरसम्मका लागि २९ करोड, हुलाक टाकुरा हुँदै लोहोरेसम्म ३४ करोड, रामाघाट हुँदै पादुकासम्म ४७ करोड, पादुका हुँदै चक्रतासम्म २९ करोड रकम मध्यपहाडी सडकखण्डको कालोपत्रेका लागि खर्च गरिएको छ।

निकै लामो समयदेखि विवादित बनेको मध्यपहाडी राजमार्गको सबैभन्दा महत्त्वपूर्ण दैलेख सदरमुकाम सडकखण्डमा यो वर्षबाट कालोपत्रेका लागि टेण्डर हुने तयारी भएको दैलेख क्षेत्र नं. १ का संघीय सांसद रवीन्द्रराज शर्माले जानकारी दिएका छन्। 'म आफैँ आयोजनामा पुगेर सडकको टेण्डरबारे छलफल गरेको छु। यो वर्षबाट कालोपत्रेका लागि काम सुरु हुने भएको छ। आयोजनाले जसरी भएपनि कालोपत्रेका लागि टेण्डर खोल्छ कम्तिमा २०७७ सम्ममा कालोपत्रे हुन्छ', उनले भने।

स्थानीयले गरेको जग्गाको विवाद प्रदेश र केन्द्र सरकारबाट समाधान गर्ने बारेमा पनि सांसदहरूबीच छलफल भइरहेको र आफूले थालेको काम जसरी पनि सम्पन्न गर्ने तयारीमा रहेको प्रदेशसभा सदस्य अमरबहादुर थापाले जानकारी दिएका छन्। १० मिटर बाहेक अन्य क्षेत्र सडकले लिनुपर्ने भएमा राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले अहिले पनि आन्दोलन जारी राखेका छन्।

आयोजनाका अनुसार लोहोरे खोलादेखि दैलेखको काँडाचौर हुँदै जाहारकोट छामघाट र रावतकोट सडकखण्डको २९ किलोमिटर सडक पक्कि हुने तयारी रहेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत दैलेखमा पर्ने ११८ किमि लामो सडक कहिले स्थानीयको जग्गाको अवरोध त कहिले ठेकेदारको विभिन्न बाहनाका कारण रोकिएको भए पनि यो वर्षबाट कामले तीव्रता पाएको छ।

दैलेखको पूर्वमा जाजरकोट र पश्चिममा अक्षाम जिल्लासँग अब यात्रा सहज भइसकेको छ। दैलेख खण्डको पुरै सडक कालोपत्र भएको खण्डमा दैलेख जाजरको, रुकुम, बाग्लुङ, पोखरा हुँदै काठमाडौंसम्मको यात्रा पनि सहज हुने आयोजनाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.