|

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनमा रहेका वरिष्ठ डा गोविन्द केसीको समर्थनमा केही पत्रपत्रिका तथा अनलाइनका सम्पादक र पूर्वसम्पादकहरूले ऐक्यवद्धता जनाएका छन्। आइतबार साँझ एक अपिल जारी गर्दै सम्पादकहरूको समूहरले चिकित्सा क्षेत्र सुधारका लागि डा केसीको अनशन लम्बिएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्।

मुख्य दलहरूका सरकारबाट मागमा पटकपटक सहमति गरेता पनि कार्यान्वयन नगरेका कारण डा केसीले १५औँ पटक आमरण अनशन बस्न बाध्य भएको उल्लेख गर्दै सम्पादकहरूले उनका माग अभिलम्ब सम्बोधन गर्न जोडदार मागसमेत गरेका छन्।

'यस अघिका सबै मुख्य दलहरूका सरकारले मागमा सहमति गरे पनि कार्यान्वयन नगरेका कारण सत्याग्रहको श्रंखला १५औँ पटक पुगेको छ' विज्ञप्तिमा भनिएको छ 'यसले गर्दा पटकपटकको अनशन र लम्बिदो उपक्रमले डा केसीको जीवन नै संकटमा परेको छ। हामी डा केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदछौँ साथै उहाँको माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्छौँ।'

बक्तव्य दिने सम्पादक र पूर्वसम्पादकहरूमा अमित ढकाल, कृष्णज्वाला देवकोटा, नारायण वाग्ले, किरण नेपाल, राजेश केसी, प्रतीक प्रधान, सुधिर शर्मा, सुवास घिमिरे, गुणराज लुइँटेल, अखिलेस उपाध्याय, राजाराम गौतमलगायतले डा केसीको आमरण अनशनलार्इ ऐक्यवद्धता जनाउँदै अपिल जारी गरेको जनाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.