|

काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेलको सूचना टाँस गरेको छ।

आयोगको प्रमुख आयुक्तमा उनको नियुक्तिबारे परेको मुद्दामा सर्वोच्च अदालतले जवाफ दिन हाजिर हुन उनी नगएपछि पुरानो बानेश्वरस्थित घरमा सोमबार म्याद तामेलको सूचना टाँस गरेको हो।

सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले कार्कीको घरमा म्याद तामेल भएको पुष्टी गरे। तर उनले कसले र कसरी म्याद तामेल गरेको भन्नेबारे खुलाएनन्। 'हामीलाई म्याद तामेल भएको सूचना प्राप्त भइसक्यो, कसरी भयो भन्नेबारे थाहा छैन' सुवेदीले भने।

सर्वोच्च अदालतका तामेलदार शम्भु खत्रीले दशैं विदाअघि म्याद तामेल गर्न आलटाल गरेपछि उनलाई बिभागीय कारबाही गरी सर्वोच्चले अर्को तामेलदार खटाएको थियो।

सोमबार सर्वोच्चका तामेलदार कार्कीको घर पुग्दा एक समूहले अवरोध गरेको थियो। तर उनीहरुलाई झुक्याएर तामेलदारले वडा कार्यालयको सचिवको रोहबरमा सूचना टाँस गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.