|
फाइल फोटो

पोखरा : काठमाडौंबाट मात्रै हुँदै आएको श्रम स्वीकृति अब पोखराबाट पनि हुने भएको छ। बिहीबार (भोलि) देखि नै श्रम स्वीकृति दिने गरी केन्द्र सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पोखराबाट पनि श्रम स्वीकृति दिने भएको हो। नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन अघि नै प्राविधिकहरुलाई त्यसको तयारीको लागि पोखरा पठाएको थियो। उनीहरुले बुधबार सम्पूर्ण प्राविधिक कामहरु सकेको र बिहिबारबाट सेवा प्रदान गर्ने श्रम प्रवत्ता डा.नारायण रेग्मीले जानकारी दिए।

‘काठमाडौँबाट मात्रै हुँदै आएको श्रम स्वीकृतिलाई देश संघीयतामा गएसँगै सबै सरकारबाट गर्न मिल्ने गरी काम अघि बढाइएको छ,’ रेग्मीले भने, ‘पोखरामा भएको कार्यालयले अहिले पुन श्रम स्वीकृत मात्रै गर्छ। केहि तयारी पछि पूर्व स्वीकृतिको काम पनि सोही कार्यालयले गर्नेछ।’

बैदेशिक रोजगारमा जानको लागि म्यानपावर कम्पनीहरुले सार्वजनिक सूचना निकालेर गरेको या त्यसै विदेश पठाउन लागेको छ त्यसबारे अनुगमन पनि प्रदेश कार्यालयले गर्नेछ। त्यस्तै पोखरामा स्थापना भएको कार्यालयले तोकिएको संख्यामा बैदेशिक रोजगारमा जानेहरुको लागि स्टिकर दिने काम समेत गर्नेछ।  प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा प्रदान गरिसकेको मन्त्रालयले बिहिबार देखि पोखरामा सुरु गर्न लागेको हो। पोखरासँगै धनगढी, सुर्खेत, बुटवल, विराटनगर र जनकपुरमा प्रदेश कार्यालय स्थापना गरी सेवा दिन लागिएको हो। बिराटनगर सुर्खेत र धनगढीमा पनि कार्यालय स्थापनाको लागि प्राविधिकहरुले काम गरिरहेको रेग्मीले जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.