|

सुर्खेत : आजभोलि कर्णाली प्रदेशकी भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री सरकारी आवासबाट पैदल मन्त्रालय पुग्छिन्। पछिपछि अंगरक्षक, अनि अघिअघि मन्त्री केसी हिँडेको देख्न सकिन्छ। मन्त्री केसी मर्निङ्ग वाक या इभिनिङ वाक भने निस्किएकी होइनन्। मन्त्रीले प्रयोग गर्ने गाडी अहिले रुकुमको चौरजहारीमा छ।  मन्त्रीले अरू कसैलाई गाडी प्रयोग गर्न दिएको पनि होइन। 

मन्त्री केसी चौरजहारी जाँदा बाटोमा बाटोमा नै बिग्रिएपछि अहिले मन्त्री पैदल यात्रा गर्न बाध्य भएकी हुन्। चौरजहारीमा मोटर विग्रीए पछि केसी भाडाका  र अन्य सरकारी कार्यालयका मोटर मागेर सुर्खेत आइपुगिन्। अहिले निवासबाट मन्त्रालयसम्म र मन्त्रालयबाट निवास सम्म पैदल हिँडेर पुग्ने गरेकी छन्।

‘मन्त्रीज्यू चढ्ने मोटर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको छ, मर्मतका लागि समान पठाइएको छ।’ केसीका स्वकीय सचिववलयका सदस्य दीपेन्द्र शर्माले भने।

केसीको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अहिले एक करोड १५ लाख मोटर किन्न्को लागि बजेट छुट्टाएको छ। जसको लागि बोलपत्र आव्हान पनि भइसकेको छ। मन्त्रालयले मन्त्रीको प्रयोजनका लागि भने मोटरको बोलपत्र भने खुलाएको हैन। प्रदेशको मन्त्रालय मातहतमा रहेका चारवटा जिल्लाका लागि भनेर चारवटा मोटरका लागि बोलपत्र खुलाएको हो।

कर्णाली प्रदेश सरकारले सवारी साधन खरिदसम्बन्धी कार्यविधिमा मन्त्रीले ७० लाख सम्म र सचिवले ५० लाख सम्मको मोटर किन्न सकिने प्रावधान बनाएको छ। अहिले एक करोड १५ लाख बजेटमा चार वटा मोटरका लागि बोलपत्र आव्हान भएको छ। सडक सञ्जाल भएका चारवटा अन्य जिल्लाका प्रदेश माताहातका कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यालयको लागि ति चार मोटरका लागि बोलपत्र खुलाइएको हो।

प्रदेश सरकार गठनताका संघीय सरकारबाट पठाएको मोटर प्रदेशको कृषि निर्देशनालयलाई दिएको छ। मन्त्रीका लागि भनेर संघिय कृषि मन्त्रालयबाट मगाइएको मोटर अहिले मन्त्री चढ्दै आएकी छन्। त्यो पनि बिग्रिएर अहिले रुकुम पश्चिमको चौरजहारीमा थन्किएको हो। कृषि मन्त्रीका स्वकीय सचिवालयका दीपेन्द्र शर्माले भने ‘संघीय मन्त्रालयबाट पठाएको मोटर पनि पुरानो रहेछ, पटक पटक बिग्रिएर हैरान बनाएको छ।’

खासमा संघिय सरकारले पठाएको र अहिले कृषि निर्देशनालयलाई दिईएको मोटर पनि पुरानो भएर दुःख दिइरहेको थियो। 

पछिल्लोपटक माग गरिएको मोटर पनि पुरानो र थोत्रो नै भएको मन्त्रीको स्वकीय सचिवालय सदस्य शर्माले बताए। मन्त्री केसीले भने जिल्लाका प्रदेश माताहातका कार्यालयलाई काम गर्न सजिलो होस भनेर आफूलाई नभई जिल्लालाई मोटर किन्न लागेको जानकारी दिइन्। उनले भनिन्, ‘आफूले चढ्नेभन्दा पनि जिल्लामा रहेका कार्यालयको कार्यसम्पादन राम्रो होस भनेर जिल्लाको लागि मोटर किन्न टेण्डर प्रक्रिया अघि बढाइएको छ, मेरो लागि पुरानै  भए पनि चलिहाल्ला त भनेको बिग्रेर हैरान बनाएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.