|

बाजुरा : बुढीनन्‍दा नगरपालि- ३ सिराडी गाउँकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफू जातीय भेदभावमा परेको गुनासो गरेकी छन्। स्वास्थ्य स्वयंसेविका विष्‍नकला विकले यस्तो गुनासो गरेकी हुन्। उनी भन्छिन्, 'म स्वास्थ्य स्वयंसेविकाका रूपमा ८ वर्षदेखि कार्यरत छु' उनले थपिन्, 'कामको सिलसिलामा कतिपय अवस्थामा विभेदकारी सोचले महिला सुत्केरी भएकी र हुन लागेका महिलाहरूलाई उपचार गर्न पाएकी छैन।'

गाउँमा कोही महिला सुत्केरी हुँदा महिला स्वास्थ्य स्वयसेविकाका रूपले आफूलाई नबोलाउने गरेको   बिक बताउँछिन्। अहिलेसम्म उपल्लो जातिको कुनै पनि महिलालाई सुत्केरी गराउने अवसर आफूले नपाएको उनी बताउँछिन्।

'आफ्नै थर महिला सुत्केरी गर्दा बच्चाको नाल काट्न, साल व्यवस्थापन गर्न सोडेनीको रुपमा बोलाउँछन्। तर, अन्य जातिका भने मलाई दलित भएका कारण बोलाउँदैनन्' उनले दुखेसो सुनाइन्। गाउँमा छुवाछुत अन्त्य गर्नका लागि आएका कर्मचारीसमेत दलित भनेर थाहा पाएपछि छोएको नखाने गरेको उनको गुनासो छ। 'दुईजना स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउन आएका थिए। स्वयमसेविकाको घर खोज्दै आए मैले खाना पकाएँ। खाना खुवाउने बेला आफ्नो नाम भन्दा बीचमै खाना छाडेर उठे' उनले भनिन्।

बाजुरमा कम भएन जातीय विभेद

कुनै पनि नागरिकलाई जातका नाममा विभेद गर्न नमिल्ने कानुन भए पनि बाजुरामा भने जातीय विभेद कम हुन नसकेको दलित अधिकारकर्मी गोरख सार्कीले बताए। छुवाछुत तथा जातीय भेदभाव गरेमा कडा सजायसमेत कानुनी व्यवस्था रहको छ। तर, विभेदका घटना भए पनि सबै पैसामा मिलोमतो हुने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.