|

सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन्।

‘यो अहिले धेरै ठूलो चुनौतीको रुपमा त होईन् तर राष्ट्रको शान्ति सुरक्षाका लागि केही सुरक्षा चुनौती भएको छ,’ थापाले भने ‘त्यो समुहले भखैरै देशव्यापी रुपमा विध्वांसात्मक गतिविधि विस्तार गरेको छ, उनीहरुलाई राज्यले केही पक्षमा संरक्षण र उन्मुक्ति दिएकाले उनीहरुको हौसला बढेको देखिन्छ।’

गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको क्रान्तीको अहिले कुनै आधार नभएकोले उनीहरु सफल हुने कुनै अवस्था नरहेको दावी गरे।

‘हिजो राज्यका थप्रै कम्जोरी थिए, जनता अधिकारका लागि लागेका थिए,’उनले थपे ‘हिजोको जस्तो राज्यको अवस्था नभएकाले पनि विप्लवको समुहको क्रियाकलाप सफल हुने छैन्,हुदैन।’ ‘अहिले देशमा नयाँ संविधान निर्माण भएको छ,देश विकास र सम्बृद्धिको बाटोमा हिडिरहेको छ, उनीहरु निस्तेज हुन्छन्’ थापाले भने।

अब सरकारले राज्य विरोधी र संविधान विरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाई छ। ‘सरकार राज्यमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध छ, राज्य र संविधान विरोधी तत्व विरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुन्छ,’ गृहमन्त्रीले भने ‘कानुन बमोजिम नियन्त्रण गछौं, हामीले वार्ताका लागि पनि आह्वान पनि गरेका छौ मुल प्रवाहमा आउन आग्रह गरेका छौ।’ ‘स्थानीय तहमा अलिकति हस्तक्षेप गर्ने गरेको हामीले सुनेका छौ, त्यो धेरै दिन टिक्दैन, निस्तेज गर्छौ’ थापाले भने।

उनले सरकारले एक बर्षमा अन्र्तराष्टिय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए। उनले सरकारले संघियता कार्यन्वयनका क्रममा संरचनागत कामलाई पुरा गरेका, विकासका आधारहरु तयार पार्ने काम गरेको, विकासाका निम्ति आवश्यक योजना निर्माण गरेको बताए। अब हुने अन्र्तराष्टिय लगानी सम्मेलनले देशको विकासमा गति दिने थापाको दावी छ।

शान्ति सुरक्षाका क्षेत्रमा पनि आधारभूत रुपमा कायम गर्न सरकार सफल भएको बताए। सिके रावतको समुहलाई इंगित गर्दै थापाले भने ‘तराईमा देश विखण्डनमा लागेको समूहलाई मूलधारमा ल्याएका छौँ, अन्य आपराधिक गतिविधिलाई पनि हामी निस्तेज गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.