|

कालिकोट : जिल्लाको पलाता गाउँपालिका-७ फागोटीमा ३५ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना सम्पन्न भएको छ। प्रदेश सरकार, स्थानीय निकाय र स्थानीय बासिन्दाको संयुक्त लगानीमा फागोटीमा बिजुली बलेको हो।

फागोटीमा लघु जलविद्युत् बाल्नका लागि गाँउपालिकाबाट ४० लाख, वैकल्पिक ऊर्जा र प्रदेश सरकारको साथै स्थानीय श्रमदान गरी जम्मा २ करोड ९ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो।

गाउँपालिकाको सबै घर उज्यालो बनाउने लक्ष्य गाउँपालिकाले लिएको त्यसैका आधारमा लघु जलविद्युत् आयोजना सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘गाउँपालिकाका सबै घरधुरीमा विद्युत् बाल्ने लक्ष्य गाउँपालिकाले लिएको छ’ उनले भने, ‘त्यसैका आधारमा विद्युत् निर्माण कार्य सम्पन्न भएको हो।’

भुच्चीखोला जलविद्युत् आयोजना सम्पन्न भएको यी दुई आयोजनाबाट गाउँपालिकाका वडा नं. ७ र ८ का ३८० घरपरिवारले विद्युत् सेवा पाएको गाँउपालिका अध्यक्ष बमले बताए। ‘उज्यालो कार्यक्रमअन्तर्गत आफ्नो गाउँपालिकामा पाँचवटा लघु जलविद्युत् आयोजनाहरू निमार्णाधीन छन्’ उनले भने, ‘अबको एक वर्षमा गाँउपालिकाका सबै घरधुरीलाई उज्यालो बनाइसक्ने लक्ष्य छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.