|

बुटवल : रूपन्देहीको सैनामैनामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका ६ कलौनीमा गएराति करिब १२ः३० बजे महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृतकद्वयको सनाखत हुन सकेको छैन। मृतक दुवै जनालाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए।

ठक्कर दिने बसका चालकलाइए सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.