|

कालिकोट : जिल्लाको महावै गाउँपालिका ७ राम्नीमा बाँदर हेरालुलाई बार्षिक तलव दिने निर्णय गरेको छ। स्थानीयले बादरका कारणले बालीनाली सखाप पार्न थालेको गुनासो गर्न थालेपछि वडापालिकाले बाँदर हेरालुलाई बार्षिक ६० हजार दिने घोषणा गरेको हो। 

राम्नी गाउँमा रहेका ६०० परिवारको बाली बाँदरले खान थालेपछि स्थानीयले वडापालिका माग गरेको त्यही अनुसार वडापालिकाले बजेटको व्यवस्था गरेको हो।स्थानीयले वर्षेबाली र हिउँदे बालीका रुपमा लगाउने गहुँलगायतका बाली बाँदरले खाइदिने गरेपछि स्थानीय वडापालिकामा गुनासो गरेको वडा सचिव अक्कलबहादुर शाहीले बताए।

‘बाँदरले बाली सखाप पारेको भन्दै स्थानीयले क्षतिपूर्तिको माग सहितको निवेदन वडापालिकामा पेश गरेकाले हेरालुका लागि रकम छुट्याए छ’ उनले भने,‘हेरालु राख्ने त्यसका लागि बजेटको व्यवस्था गरिएको हो।’ कृषि निर्भर रहेको राम्नी गाउँमा बादरले सताउन थालेपछि बजेटको व्यवस्था गरिएको वडा सचिव शाहीले बताए। ‘यहाँका सबै मानिस कृषिमा निर्भर रहेका छन्’ उनले भने,‘गाउँ वरिपरि बाक्लो जंगल छ। स्थानीयले लगाएको बाली नै जोगाउन सक्दैनन्।’

बाँदर हेरालुलाई मासिक पाँच हजारका दरले एक जनालाई वार्षिक ६० हजार विनियोजन गरिएको सचिव शाहीले बताए। विगतका बाँदरका कारणले बाली जोगाउन समस्या भएको अबका दिन वडापालिकाले हेरालु राख्ने पैसा विनियोजन गरेका कारणले खुसी लागेको स्थानीय राजबहादुर शाहीले बताए।

‘हामीले विगतदेखि नै बाँदरका कारणले बाली जोगाउन ग्राहो थियो’ उनले भने,‘अब वडापालिकाले बाँदर हेरालु राख्ने भएपछि बाली जोगिएला कि?’ वडापालिकाले बाँदर हेरालुका लागि बजेटको व्यवस्था गरेका कारणले स्थानीय हर्सित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.