|

कालिकोट : जिल्लामा नसर्ने रोगका बिरामी बढेको छन्। खानपानका कारणले पछिल्ला समयमा जिल्लामा नसर्ने रोगका बिरामी बढ्दै गएका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अनुसार अहिले विगतभन्दा नसर्ने रोगका बिरामी बढ्न थालेका छन्। यस आर्थिक वर्षमा ४६ हजार जनाको प्राथमिक उपचार गर्दा २ हजार ८५० जना उच्च रक्तचापका, १ हजार १६३ जना मुटुसम्बन्धी रोगका एक हजार ८०५ जना दम, ३६५ जना मधुमेह र १० महिलामा पाठेघर क्यान्सरका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटकबहादुर महतले बताए।

‘अहिले सर्ने रोगको कम हुदैँ गएको छ’ उनले भने,‘पछिल्लो समयमा नसर्ने रोगको बृद्धि हुँदै गएको छ।’ कर्णाली जस्तो विकट क्षेत्रमा मस्तिष्कघात, दम, मधुमेह, क्यान्सर, उच्च रत्तचाप लगाएतका नसर्ने रोगका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका डा. विज्ञान प्रजापतिले बताए। ‘यहाँ धुमपान मद्यापन गर्नेहरू धेरै हुने गरेको छ’ उनले भने,‘त्यसैका कारणले नसर्ने रोगका बृद्धि हुँदै गएको छ।’ 

विगतमा कर्णालीमा सर्ने रोगहरू महामारी निकै फैलिने गरेको अहिले सर्ने रोगहरू कम हुदैँ गएको नसर्ने रोगका कारणले यहाँका मानिसमा समस्या आएको डा. किशोर श्रेष्ठले बताए। ‘विगतमा हैजा, ज्वरो, निमोनिया जस्ता नसर्ने रोगका कारणले यहाँमा मानिसको ज्यान जाने गरेको थियो’ उनले भने,‘अहिले त्यो समस्यामा कमी आएको छ।’

कर्णालीमा क्रमिक रुपमा शहरीकरण बढ्दै गएको त्योसँगै नसर्ने रोगको पनि विकास हुन थालेको जिल्ला अस्पताल कालिकोटका सिनियर अहेव हेमराज बमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.