|

रूपन्देही : सरकारद्वारा प्रतिबन्धित नेत्रिक्रम चन्द विप्लव नेतृत्ववको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ `प्रज्वलन´ भैरहवा जिल्ला कारागार चलान भएका छन्। 

जिल्ला अदालत रूपन्देहीले ४ हजार धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले  पुनः पक्राउ गर्ने भएपछि नेता श्रेष्ठले धरौटी नतिरी कारागार चलान भएका हुन्। 

श्रेष्ठलाई विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीसँगै प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो। उनलाई काभ्रे जिल्ला अदालतले धरौटीमा छाडेलगत्तै पुनःपक्राउ गरी रुपन्देही ल्याइएको हो । 

विस्फोटक पदार्थ मुद्दामा भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश भीमलाल बेल्वासेको इजलासले श्रेष्ठलाई ४ हजार धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा छुट्ने अवस्था भए पनि प्रहरीले पुन: पक्राउ गर्ने भएपछि उनी जेल चलान भएका हुन्। 

प्रहरीले श्रेष्ठमाथि २०७५ सालमा बुटवलको फुलबारीस्थित भूतपूर्व भारतीय सैनिक पेन्सन क्याम्पसहितमा विस्फोट गराएको अभियोग लगाएको थियो। यसअघि श्रेष्ठलाई गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा गरिएको थियो । 

तर रिहा भएका श्रेष्ठलाई प्रहरीले अदालतबाटै गिरफ्तार गरेर काभ्रे लगेको थियो। त्यहाँ पनि उनीविरूद्ध मुद्दा चलाएपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नेता श्रेष्ठसहित स्थायी समिति सदस्य वलसहितका नेता कार्यकर्ता काभ्रेपलाञ्चोकको खानीखोलाबाट पक्राउ परेका थिए। वली हाल नख्खु कारागारमा रहेका छन्। यसअघि काँडाघारीबाट पक्राउ परेका अर्का केन्द्रीय सदस्य माइला लामा पनि जेलमै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.