|

कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका १ मा पर्ने कर्णाली राजमार्गको कालेखोलामा पहिरो जाँदा शनिबार रातीबाट बन्द रहेको कर्णाली राजमार्ग खुलाउनका लागि डोजर प्रयोग गरिएको छ। कर्णाली राजमार्गको ४० मिटरभन्दा बढी सडक भासिएका कारणले खुलाउनका लागि डोजर लगाइएको हो।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालेखोलामा गएको पहिरो खुलाउनका लागि डोजरको प्रयोग गरिएको र कडा चट्टान भएका कारणले एउटा डोजरले सम्भव नभएका कारणले अर्को डोजरको प्रयोग गर्ने तयारी भइरहेका जनाएको छ। 

जोखिमपूर्ण यात्रा गर्छन् यात्रु

पहिरोका कारणले अबरुद्ध भएका कारणले यात्रुले पहिरोमाथिको भीरबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सुर्खेतबाट जुम्ला र कालिकोट आउने यात्रु, कालिकोट र जुम्लाबाट सुर्खेत जाने यात्रुहरुले सडक पार गर्न जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्। 

सडक कहिले खुल्ने कुनै निश्चित नभएका कारणले जोखिम मोलेर नै यात्रुहरुले भिरालो गोरेटो बाटोको प्रयोग गर्ने गरेको नरहरीनाथ गाउँपालिका १ कोटवाडाका गणेश बिष्टले बताए।

‘राजमार्ग अबरुद्ध भएका कारणले यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्’ उनले भने,‘अन्य बाटो नभएका कारणले पहिरोभन्दा माथिको पहराबाट यात्रुले वारपार गर्ने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.