|

बाजुरा : बर्षाका कारण पहिरो आई घर भत्किँदा घरभित्र सुतिरहेका गौमुल गाउँपालिका ६ बसला शान्तिटोल बस्ने ३० वर्षीया निरुता चदारा र उनकी छोरी ६ वर्षीया किस्मिता चदाराको शुक्रबार बिहान मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। 

उक्त घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घाइते भएका ९५ वर्षीय जंगे चदारा समेत ५ जनालाई उद्दार गरी उपचारको लागि स्थानीय मेडिकल पठाएकोमा जंगे चदारालाई थप उपचारको लागि जिल्ला अस्पतालतर्फ लगिएको छ।    
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.