|

कालिकोट : रेडियो पलाँता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन १८ गते राति रेडियो पलाँता एफएम तोडफोड गरेको आरोपमा पलाँता गाउँपालिका ९ थिर्पुका जगदिश पूर्वेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। 

रेडियो पलाँता एफएमले गाउँपालिका समचार प्राथमिकता साथ बजाउने गरेको र अरुका समाचार नबजाउने गरेको भन्दै पूर्वेले मदिरा सेवन गरी रेडियोभित्र प्रवेश गरी मिक्सर, माइक, टेबुल, कुर्सी र स्टेशनरी समाज तोडफोड गरेको स्टेशन म्यानेजर सुमन बमले बताए। ‘मदिरा सेवन गरेर रेडियो तोडफोड भएको छ ’ उनले भने,‘पूर्वेलाई आइतबार बिहान प्रहरी पक्राउ गरेको छ।’

गाउँपालिका रेडियो तोडफोड गरेको सूचना प्रहरी समक्ष आएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको प्रहरी चौकी थिर्पुका इन्जार्ज असई कमला मल्लले बताइन्। ‘आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ’ उनले भनिन्। 

रेडियो पलाँता एफएम तोडफोड गर्नेलाई कारवाहीका साथै क्षतिपूर्तिको माग गर्दै पलाँता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम र रेडियाेका स्टेशन म्यानेजर सुमन बमले जिल्ला प्रहरी कार्यालय निवेदन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.