बोस्टन : गत वर्ष जुलाई ४ का दिन अमेरिकाको भर्जिनिया राज्यको हर्न्डन शहरस्थित सुनोको ग्याँस स्टेसनमा मारिएका रेशम बजगाईंको हत्यारा मोहम्मद अब्दुल्लाहीलाई ६० वर्षको क़ैद र २५ हजार डलर जरीवाना सुनाइएको छ।
अब्दुल्लाहीले ४० वर्षीय बजगाईंलाई फायर एक्स्टिङ्गुइसर र फलामे वस्तुले हिर्काएर शरीरको माथिल्लो भागमा ज्यादा चोट लागेको थियो।
उनको घाँटी थिचेकोसमेत प्रमाण फेला परेको थियो। ४११० चेन ब्रिज रोड, फेयरफ्याक्सस्थित फेयरफ्याक्स काउन्टी सर्क्युट कोर्टको जुरी (न्यायमण्डल) को परामर्शमा उक्त सजाय सुनाइएको हो।
बजगाईं सन् २०१७ सेप्टेम्बरमा डाइभर्जिटी चिट्ठा परेर अमेरिका आएका थिए। उनी उक्त ग्यास स्टेसनमा सातामा एक पटक मात्र काम गर्ने र त्यही दिन काममा आएका थिए। घटना मध्यरातपछिको १ बजेर १५ मिनेटमा घटेको हो।
त्यसबेला गोर्खा, केराबारी मूलघर भएका बजगाईं श्रीमति र ६ वर्षीया छोरीसहित हरन्डन आसपासको च्यान्टिलीमा बसोबास गर्थे। १९ वर्षीय अब्दुल्लाही पनि हर्न्डनमा बस्थ्यो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।