|

गुल्मी : सदरमुकाम तम्घास नजिकै निर्माण भएको ट्रि–हाउस अवलोकनकर्ताहरु दिनानु दिन बढ्दै गएका छन् । रेसुङ्गा नगरपालिका–७ को उनायचौरमा सल्लाको रुखमा बनाइएको ट्रि–हाउस अवलोकन गर्न एक दिन १०० जनासम्म आयने गरेका छन्।

दुई महिनाअघि निर्माण गरिएको ट्रि–हाउस अवलोकन गर्न गुल्मीलगायत छिमेकी जिल्लाबाट पर्यटकहरु आउने गरेका छन्। दशैं तिहारको बिदा भएकाले विद्यार्थीहरु र चाडपर्व मनाउनको निम्ति विभिन्न ठाउँबाट आएकाहरुको रोजाइमा ट्रि–हाउस बन्न पुगेको छ।

दशैंको बिदामा दैनिक एक हजारसम्म पर्यटक आएको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख र टिकट व्यवस्थापनको काम गर्दै आएका घनश्याम पन्थी बताए।       ट्रि–हाउस अवलोकनका निम्ति २० रुपैयाँ लिने गरिएको छ। वृद्धवृद्धालाई निःशुल्क र विद्यार्थीहरुलाई १० रुपैयाँ मात्र शुल्क तोकिएको छ।

ट्रि–हाउस अवलोकनकर्ताहरु बढ्दै गएको रेसुङ्गा नगरपालिका–७ का अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए। प्रदेश ५ सरकारको आर्थिक सहयोगमा ट्री–हाउस निर्माण गरिएको हो। ४२ फिट अग्लो सल्लाको रुखमा फलामको सिडी राखिएको छ। त्यस घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका विभिन्न स्थलहरु हेर्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.