धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन्। राज्यमन्त्री रावलले दिएको राजीनामा मुख्यमन्त्री त्रिलोचन भट्टले स्वीकृत गरिसकेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जानकारी दिए।
राजीनामा पत्र मुख्मन्त्रीलाई बुझाएको रावलका स्वकीय सचिव रवीन्द्र सुनारले बताए। उनले आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्यमन्त्रीलाई बुझाएर फर्किएको सुनारको भनाइ छ।
कञ्चनपुरको एक क्याम्पसको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि नैतिकताका आधारमा रावलले राजीनामा दिएको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।