|

काठमाडौं : नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्। 

महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भीर भएर लाग्न पनि आग्रह गरे।

भारतले सीमा मिचेको विरोधमा आइतबार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै उनले दुई मुलुकबीचको सीमा समस्या समाधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्विकार गर्ने बताए।

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने पनि स्पष्ट पारेका छन्। 

काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको विरोध प्रर्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.