काठमाडौं : नेपालले कराँतेतर्फ चौथो स्वर्ण पदक जित्न सफल भएको छ। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन्।
लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सिरियाजकलाई हराएका थिए। त्यस्तै बंगलादेशी खेलाडी मोस्ताफाले पाकिस्तानका मुरद खानलाई हराउँदै फाइलन प्रवेश गरेका थिए।
यसअघि नेपालका लागि कराँतेतर्फ मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक जिताएका थिए। कराँतेको पुरुष टिम कातामा नेपालले अर्को स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित कराते हलमा सोमबार भइरहेको प्रतियोगितामा मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण महर्जनको टोलीले २५.५४ अंक बटुल्दै स्वर्ण पदक जित्यो।
नेपालले करातेको महिला टिम कातातर्फ पनि स्वर्ण जितेको छ। नेपालले २४.८८ अंकसहित स्वर्ण पदक जितेको हो। नेपालले नेपालले फाइनल भिडन्तमा पाकिस्तानलाई हराएको हो।
नेपालका लागि सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण जिताएका हुन्। नेपाली टोली पहिलो चरणमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेर स्वर्ण जितेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।