|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजका दुबै खेलमा लिग तालिकामा कमजोर टिमहरु भिड्दैछन्। 

दिउँसो १२ बजे हुने पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) र विभागीय टोली एपीएफ भिड्दैछन्। ६ वटा खेलबाट ८ अंक जोडेको एनआरटी तालिकाको आठौँ स्थानमा छ। ६ मध्ये जम्मा एक खेल मात्र जितेको विभागीय टोली एपीएफ पाँच अंकसहित तालिकाको पुच्छरबाट दोस्रो स्थानमा छ। 

दिउँसो ३ बजे हुने दोस्रो खेलमा सरस्वती युथ क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ। आफ्ना सबै खेलमा हार व्यहोर्दै अंक तालिकाको पुच्छारमा ररेको सरस्वती युथ क्लब आज पहिलो जितको खोजीमा हुनेछ। एक खेलमा जित निकालेको फ्रेण्ड्स पाँच अंकसहित तालिकाको अन्तिमबाट तेस्रो स्थानमा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.