|

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन चितवनमा हुने कोटिहोम महायज्ञमा सहभागी नभई काठमाण्डौ फर्किएका छन्। नारायणगढमा शनिबार महायज्ञ उद्घाटन गर्न हिजो नै उपराष्ट्रपति पुन चितवन पुगेका थिए।

उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्वीकार गरेको तर कार्यक्रम नै विवादित हुने देखिएपछि सहभागी नभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लागेका हुन्।

कोटिहोमका संयोजक एवं प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ‘ठग’ भएको समाचार आएपछि विवादित हुने देखिँदा उपराष्ट्रपति पुनले उक्त कार्यक्रममा सहभागी नहुने निर्णय लिएका हुन्। कार्यक्रमका प्रमुख अतिथिका रूपमा पुनलाई निम्ताइएको थियो। आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ चल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.