|

गोरखा : सरकारी स्वामित्वको रहेका दुरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले गोरखामा ‘फोर जी’ इन्टरनेट सेवा शुरू गरेको छ।

गोरखाका बिभिन्न स्थानमा रहेको १३ वटा टावरबाट ‘फोर जी’ इन्टरनेट सेवा सुचारु गरिसकेको नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

यस अघि ‘थ्रिजी’ इन्टरनेट सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम गोरखा शाखाले ५४ वटा टावरबाट ‘फोर जी’ शुरू गर्ने जनाएको छ। ‘गोरखामा नेपाल टेलिकमको ५५ वटा टावर छ’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने ‘तत्काल थप चार ठाउँबाट सेवा थप्नेछौँ।’ अन्य टावरहरुमा पनि सेवा बिस्तार गर्दै लैजाने उनले बताए।

गाउँगाउँमा रहेको टावरबाट ‘फोरजी’ सञ्चालन गर्दा सहजै इन्टरनेट प्रयोग गर्न सकिने उनले बताए। उनले भने, ‘फोरजी २५० एमविपिएस स्पिडमा चल्छ, नेपालमा भित्रिएका प्रविधिमध्ये मोवाईलमा द्रुतगतिमा इन्टरनेट चलाउन सकिने नेपाल टेलिकमले लागु गरेको फोरजी नै अहिलेसम्मको उत्कृष्ट हो,’ कार्यालय प्रमुख श्रेष्ठले भने।

बढ्दो ग्राहक संख्या र द्रुत गतिको इन्टरनेटको माग धेरै भएकाले ‘फोरजी’ शुरू गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.