|

अछाम : अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन्। 

अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्।

'अध्यक्ष मृत फेला पर्नुभएको छ, हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छ', पञ्चदेवल नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले थाहाखबरलाई जानकारी दिइन्। 

धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँमा भैसी बाध्ने गोठमा भेटिएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार धामीको अनुहारै चिन्न नसकिने गरी चोटपटक देखिएको छ। 

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। धामी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको वडाध्यक्षमा निर्वाचित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.