|

अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको १८ बर्षपछि आफ्नो सेनालाई पूर्ण रुपमा त्यहाँबाट फिर्ता लैजाने भएको छ। 

अमेरिका र द्वन्द्वरत तालिवानबीच शनिबार विस्तृत शान्ती सम्झौता भएसँगै सेना फिर्ता गर्ने अवधि नै तोकिएको छ। सम्झौताअनुसार अमेरिका र उसको गठनबन्धनमा रहेका मुलुकहरुले अबको १४ महिनाभित्र आफ्ना सेनालाई अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ। 

१८ वर्ष लामो युद्धपछि अमेरिका र अफगानी तालिवानबीच शान्ति सम्झौता

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र तालिबानी नेताहरुले कतारको राजधानी दोहामा विस्तृत शान्ती सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार तालिवानले आफ्नो क्षेत्रमा अलकायदा या अन्य कुनै अतिवादी समूहहरुलाई प्रवेश दिने छैनन्। 

यस्तै, अमेरिका र उसका सहयोगी देशहरुले पनि आउँदो १४ महिनाभित्र त्यहाँबाट सेना फिर्ता गर्नुपर्नेछ। शान्ती सम्झौतापछि जारी गरिएको वयानमा भनिएको छ- अमेरिकी र तालिबीचको सम्झौता एक अर्को पक्षले आफ्नो पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धतामा निर्भर छ।

विस्तृत शान्ती सम्झौतासँगै अफगानिस्तानमा १८ बर्षदेखि चलिरहेको शसस्त्र संघर्ष अन्त्य हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.