|

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर महामारी निम्त्याएको छ। छिमेकी मुलुक चीनबाट फैलिएको यो महामारी रोकथाम र नियन्त्रण गर्न नेपालले पनि आधारभूत सजगता अपनाएको छ। 

यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलमा 'इन्फाइरेड थर्मोमिटर' बाट परीक्षण गरेर मात्रै विदेशबाट आउने आगन्तुकलाई बाहिर पठाउने गरिएको छ। तर, कोरोना संक्रमणका कारण नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ। विदेशी पर्यटकको आगमनमा कमी आएको छ। विमानस्थल वरपर मानिसको चहलपहल घटेको छ, सरकारले विमानस्थलमा आफन्तलाई पुर्‍याउन नजान समेत सर्वसाधारणलाई अनुरोध गरिसेकको छ।

कोरोनाको त्रास फैलिएपछि विदेशी पर्यटक र त्रिभुवन विमानस्थलका कर्मचारी माक्स लागाएर बसिरहेका छन्। प्रतिक्षालयमा पनि माक्स लगाएर बसेका छन। 'टेम्प्रेचर गन'ले शरीरको तापक्रम नापिरहेका छन्।

यतिबेला कोरानाको त्रास बढिरहेको छ। यसबाट बच्नको लागि विभिन्न किसिमका सावधानी अपनाउँदा पनि विकसित मुलुकहरुमा कोरोनाको संक्रमण बढिरहेको छ। तर अझैसम्म पनि यसको औषधि पत्ता लागिसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.