कक्षा-कोठामा विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी सचेतना

|

काठमाडौंः कोरोना भाइरस कोभिड-१९ को त्रास विश्वभर छ। अहिलेसम्म कोरोनाबाट भाइरसबाट विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघिसकेको छ। संक्रमितको संख्या झन्डै ९० हजार पुगेको छ।

नेपालमा पनि नागरिकलाई यसबाट बच्नका लागि विभिन्न सुरक्षा अपनाउन आग्रह गरिसकिएको छ। स्वास्थ्य मन्त्रालयले धेरै भीडभाडमा नबस्न, मानिसको समूह नबनाउन र भोजभतेर पनि आग्रह गरिसकेको छ।

नेपाललाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिमयुक्त राष्ट्रको रुपमा पनि राखेको छ। काठमाडौं मुलुककै सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने ठाउँ पनि हो। यस क्षेत्रलाई संवेदनशील स्थानको रुपमा लिएको छ। सबैभन्दा बढी भीडभाड हुने ठाउँमा विद्यालयलाई पनि लिने गरिन्छ। विद्यालयमा तीन सयदेखि चार सय विद्यार्थी हुन्छन्।

काठमाडौंमा सामुदायिक र संस्थागत गरेर एकहजार विद्यालय रहेका छन्। सानोदेखि ठूलो उमेरका विद्यार्थी हुन्छन्। बढी भीड भएको ठाउँमा छिटो भाइरस संक्रमित हुने एक अध्ययनले देखाएको छ।

आफ्नो स्वास्थ्यको लागि विद्यार्थी आफैँ सचेत

कोरोना भाइरसबाट सचेत रहनका लागि संस्थागत उच्च विद्यालयका विद्यार्थी आफैँ सचेत भएर माक्स लगाएर हिडन थालेका छन्। मास्कको प्रयोग गर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्नलाई कलेजबाट अनुरोध भइरहेको माइतीघर सेन्ट जेभियर्सका विद्यार्थी प्रियांका रानी जोशी बताउँछिन्। कोरोना भाइरसको त्रासबाट बच्नको लागि घरबाट खाना बनाएर ल्याएर खाइरहेको उनले बताइन्।

यस रोगबाट बच्नको लागि आफैँ सचेत हुनको लागि कलेज व्यवस्थापनबाट सचेत गराइएको उनको भनाइ छ। शिक्षकबाट सामान्य सल्लाह सुझाव पाइरहेको उनले बताइन्। विद्यालयमा मास्क लगाउने र स्यानाटेलाइजर लिक्विडरको प्रयोग गर्नलाई दैनिक शिक्षकले अनुरोध गरिरहेका १२ कक्षामा पढ्दै गरेका लबदेब भट्टले जानकारी दिए। विद्यालयले स्वास्थ्य सामग्री सामान नदिए पनि आफ्नो प्रयो गरिरहेको उनले बताए।  

सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय व्यवस्थापनले कोरोना भाइरसबाट बच्नको लागि सतर्कता अपनाउनलाई सुरु गरिसकेको छ। बिहानको समयमा विद्यार्थीलाई सभामा कोरोनाबाट बच्नको लागि माक्सको प्रयोग गर्न र सेनिटेराइजेसन लिक्वीडको प्रयोग गरी हात धुएर मात्र खानेकुरा खानलाई आग्रह गर्ने गरेको पद्यमोदय माबि प्रदर्शनीमार्गका सहायक प्रधानाध्यापक नारायणप्रसाद गौतम बताए।

विद्यालयमा रहँदा पनि समूह नबनाइ बस्न आग्रह गरिएको उनले जानकरी दिए। उनले भने,' प्रत्येक कक्षाका कक्षा शिक्षकले विद्यार्थीलाई यस रोगबाट बच्नको लागि सावधानी अपनाउनलाई अनुरोध गरिन्छ। दैनिक विद्यार्थीलाई यसबाट नआत्तिनको लागि पनि भनिन्छ।'

विद्यालय तत्कालै बन्द नहुने

नेपालमा कोरोना भाइरसबाट आतिइहाल्ने अवस्थाको परिणाम नआएकोले विद्याल बन्द गर्ने निर्णय भइनसकेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए। उनले भने,' यस विषयमा के गर्ने भनेर मन्त्रालयले निर्णय गरिसकेको छैन। विद्यालयले गर्ने वार्षिक कार्यक्रम विगत वर्षभन्दा अगाडि गर्ने योजना छ।'

यससम्बन्धी विद्यालयका शिक्षकले विद्यार्थीलाई सचेत गराइरहेका छन्। संवेदनशील विषय भएकोले सरोकारवाला निकायसँग सल्लाह गरेर मात्र निर्णय लिने शर्माले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.