राजनीति

अर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, चार बजे शपथ

फागुन २१, २०७६

    काठमाडौं :  राष्ट्रपति विद्या देवी भण्डारीले डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेकी छिन्।  उनको आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गरेका थिए।

    राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले खतिवडाले प्रधानमन्त्री ओलीले सम्हालेकाे अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताए।

    अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]