|

तनहुँ : बन्दीपुर गाउँपालिका–५ कोरिखा स्थित सडकखण्डमा ट्याक्टर पल्टिदा दुईको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोर्खाको पालुङटार नगरपालिका–७ च्याङ्लीका २१ वर्षीय प्रेम कुमाल र बन्दीपुर गाउँपालिका–४ नयाँपुलका २२ वर्षीय राजकुमार परियार रहेका छन्। 

बाउनभञ्ज्याङबाट कोरिखातर्फ जादै गरेको ग१त ४८०८ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल बारीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। 

ट्याक्टर चालक कुमालको घटनास्थलमै र सहचालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको लामिछानेले बताए।

उनीहरुको शव पोष्टमार्टको लागि दमौली अस्पतालमा ल्याइएको र दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.