|

काठमाडौँः नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सचिव भुवनसिं तामाङले पार्टी परित्याग गरेका छन्। 

चन्द समुहबाट सिन्धुपाल्चोक जिल्ला सचिव तथा विभिन्न जनवर्गीय संगठन एवम्‌ मोर्चाहरुको जिम्मेवारीमा क्रियाशील रहेका भनिएका मेलम्ची नगरपालिका ९ का तामाङले पार्टी परित्याग गरेका हुन्। 

पार्टी परित्याग गरेको घोषणा गर्दै तामाङले विज्ञप्तीमा लेखेका छन्, ‘नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा सक्रिय हुँदै २०७१ सालबाट विप्लव समुहमा आवद्ध भई जिल्ला सचिव तथा विभिन्न जनवर्गीय संगठन मोर्चाहरुको जिम्मेवारी समेतमा आवद्ध भएँ, पछिल्लो समय पार्टी अराजकतातिर धकेलिँदै गएको ठहर गर्दै म पार्टीबाट बाहिरिएको हुँ।’

नेपालको संविधानलाई समर्थन गर्दै स्वतन्त्र भएर जीवनयापन गर्ने तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.