|

पर्सा : वीरगन्ज नाकाबाट लकडाउनको एक महिनाको अवधिमा एक अर्ब १८ करोड रुपैयाँभन्दा बढीको औषधि आयात भएको छ। चैत महिनामा वीरगन्ज नाकाबाट मात्र उक्त मूल्यको औषधि आयात भएको हो।

लकडाउन चलिरहेको समयमा एक अर्ब १८ करोड पाँच लाख ४५ हजार रुपैयाँको औषधि आयात भएको वीरगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए। उक्त औषधि भारतका साथै तेस्रो मुलुकबाट आयात भएको हो।

गत फागुनमाभन्दा चैतमा नौ करोड ९० लाख एक हजार रुपैयाँ बढीको औषधि आयात भएको भन्सार अधिकृत सुकमनीले बताए। फागुनमा एक अर्ब आठ करोड १५ लाख ४४ हजार रुपैयाँको मात्र औषधि आयात भएको भन्सार कार्यालयको तथ्यांकमा छ। 

६ लाख ४४ हजार ७ सय ७७ किलो बढी चामल आयात

लकडाउनको एक महिनाको अवधिमा २० करोड ९० लाख ३५ हजार रुपैयाँको चामल वीरगन्ज नाकाबाट आयात भएको पाइएको छ। 

चैतमा ३४ लाख १३ हजार ६५५ किलो चामल आयात भएको छ। यो फागुनको भन्दा ६ लाख ४४ हजार ७७७ किलो बढी रेहको भन्सार अधिकृत सुकमनीले बताए। फागुनमा २७ लाख ६८ हजार ८७८ किलो चामल आयात भएको थियो।

लकडाउनका समयमा वीरगंज नाकाबाट औषधि, चामल मात्र नभई अन्य वस्तुको आयात पनि बढेको छ। फागुनमा भन्दा चैतमा गोलभेडा दुई लाख ८१ हजार २३० किलो, मकै तीन लाख ९९ हजार ९१३ किलो, आलु दुई लाख ५९ हजार ९०० किलो, प्याज पाँच लाख ८३ हजार ४८५ किलो बढी आयात र्भको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।

३० वर्षअघि मात्र निर्यात

कृषि प्रधान मुलुक भएर पनि एक महिनामा यतिको कृषिजन्य वस्तु आयात हुनु भनेको मुलुकका लागि लाजमर्दो भएको स्थानीय सर्वेक्षण दैनिकका सम्पादक किरणराज पाण्डेले बताउँछन्। 

कृषिमा प्रोत्साहन गर्ने र कृषि उद्योग गर्ने तर्फ अझै सरकार सञ्चालकको ध्यान नपुग्दा ३० वर्षअघि यही नाकाबाट निर्यात हुने धाम चामल अहिले आयात भएको देख्नु परेको उनी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.