|

काठमाडौं : उत्तरी छिमेकी चीनले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा विश्‍वकै अत्याधुनिक मोबाइल प्रविधि फाइभ जी नेट्‍वर्क पुर्‍याएको छ।

पिपुल्स डेली चाइनाका अनुसार सगरमाथाको उत्तरी मोहडास्थित आधार शिविरमा फाइभ जी नेट्वर्कको सफल परीक्षण गरिएको हो।

चीनमा सगरमाथालाई चोमोलोङ्मा नामले पुकारिन्छ। सगरमाथा आधार शिविरमा फाइभ जी नेट्वर्कको सफल परीक्षण भइसहेको जनाउँदै पिपुल्स डेलीले अप्रिल २५ तारिखबाट औपचारिकरुपमा सुरुवात हुने जानकारी दिएको छ।

चीनले दक्षिणी तिब्बततर्फको सगरमाथाको मोहडास्थित विभिन्‍न तीन ठाउँमा फाइभ जी नेट्वर्क स्थापना गरिरहेको छ।

जस अनुसार सगरमाथा आधार शिविरको ५३ सय मिटर, ५८ सय मिटर र ६५ सय मिटर उचाई क्षेत्रमा फाइभ जी नेट्वर्कको टावर स्थापना गरिँदैछ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.