प्रविधि उपयोग आजको आवश्यकता

|

कोरोना भाइरसले शताब्दीकै तीन दशकयता मानव जीवनमा उतारचढाव ल्याएको छ। अझ विशेषगरी भन्‍नुपर्दा मानिसका व्यावसायिक जीवनको स्वरूपमा व्यापक रूपमा परिवर्तन गराइदिएको छ।

हिजोआज घर कार्यालय जस्तो भएको छ। इन्टरनेट नै नयाँ बैठक कोठा जस्तो भएको छ। समयले सबै साथी र कार्यालयहरूको सम्बन्ध तोडिदिएको छ। ती सबै अब इतिहास जस्तो भइसकेका छन्।

यी परिवर्तन भएको आफैँले स्वीकार्दैछु। मन्त्री, सहकर्मी,  कर्मचारी तथा अन्तर्राष्ट्रियस्तरका नेताहरूसँग अब भिडियो कन्फ्रेन्सिङको माध्यमबाट बैठक हुनुपर्छ र भइरहेको पनि छ।

समाजका विभिन्न तह तप्काका मानिसदेखि ग्रामीणस्तरको मानिससँग भिडियो कन्फ्रेन्सबाट बैठक बसिरहेका छौँ। उहाँहरूबाट निरन्तर प्रतिक्रिया पनि लिने काम भइरहेको छ। गैरसरकारी संस्था,  नागरिक समाज अन्य सामुदायिक  संगठनसँग बृहतरूपमा अन्तरक्रिया भएका छन्। रेडियोका साथीहरूसँग पनि विभिन्न विषयमा कुरा भएको थियो।

यसैगरी  दैनिकजसो फोनबाट समाजका विभिन्न वर्गका मानिसहरूसँग सम्पर्क गरेर प्रतिक्रिया लिने गरेको छु।

अहिलेको समयमा मानिसहरूले आ-आफ्नो क्षेत्रबाट काम गरिरहेका छन्। चलचित्रकर्मीहरूले रचनात्मक भिडियो बनाएर घरबाट समसामयिक विषयलाई लिएर सान्दर्भिक सन्देश दिइरहेका छन्। केही गायकहरूले अनलाइनमार्फत सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन्। बुद्धिचाल खेलाडीहरूले प्रविधिमार्फत खेलिरहेका छन्, यसले पनि कोरोना भाइरसविरुद्ध लड्नलाई ठूलो योगदान पुर्‍याउँछ।

कार्यस्थलमा प्रविधिले पहिलो स्थान पाउँदैछ। र किन छैन त? प्रविधिको विकास भएसँगै मानव जीवनमा व्यापक परिवर्तन ल्याउनेछ। कोरोनाले सबैभन्दा बढी असर जो गरिबीको रेखामुनि बाँच्न विवश छन्।  

 प्रविधिको विकास भएसँगै फाइलको कारणले हप्तौँसम्म अड्किने कामलाई यसले छिटोछरितो हुने बनाइदिएको छ।

प्रविधिको सहयोग र विकासले कर्मचारीतन्त्रको अन्त्य गर्छ। बिचौलियाको पनि अन्त्य गर्नेछ। यसले विकास र समृद्धिका लागि कल्याणकारी विधिहरू अपनाउने उपाय सिकाउँदैछ।

उदाहरणका लागि सन् २०१४ देखि भारतीय जनतालाई सेवा गर्ने अवसर पाएका थियौँ। त्यतिखेर उनीहरूको लागि बैंकमा जनधन खाता,आधार र मोबाइलमा सम्पर्क गर्ने काम सुरु गरेका थियौँ। यसले दशकौँदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्न सहयोग गर्‍यो।

सरकारलाई एक सेकेण्डको भरमा सानो बटन क्लिक गर्दा पैसा स्थानान्तरण गर्न सहज र सफल बनाएको छ। प्रविधिको विकास भएसँगै फाइलको कारणले हप्तौँसम्म अड्किने कामलाई यसले छिटोछरितो हुने बनाइदिएको छ।

भारत भौतिक संरचनाको दृष्टिकोणले ठूलो पनि हुन सक्छ। भौतिक पूर्वाधारको विकास भएको कारणले अहिलेको कोभिड-१९ को महामारीको बेलामा करोडौँ जनता तथा गरिब परिवारहरूलाई राहत वितरण गर्न प्रविधिले ठूलो योगदान गरेको छ।

अर्को महत्वपूर्ण क्षेत्र भनेको शिक्षा हो। यस क्षेत्रमा धरै व्यावसायिक व्यक्तिहरूले नयाँ-नयाँ तरिकाबाट योगदान गर्दै आएका छन्। यस क्षेत्रलाई प्रविधिले धेरै फाइदा पुर्‍याएको छ।

सरकारले शिक्षकलाई सहयोग गर्नलाई दीक्षा पोर्टल सञ्चालनमा ल्याएको छ। जसको कारणले ई-शिक्षालाई प्रोत्साहन गर्छ। सबैमा शिक्षाको पहुँच पुर्‍याउन र समानताको आधारमा गुणस्तर शिक्षा सुधार गर्नलाई स्वयं सञ्चालनमा छन्। विभिन्न भाषाबाट ई-कक्षा सञ्चालनमा छन्। ई-पाठशाला, ई-पुस्तकालयले शिक्षण सामग्री सहजै प्राप्त गर्न सक्षम बनाउनेछन्।

आज विश्वले व्यापारको लागि नयाँ मोड लिन खोजिरहेको छ। भारत अहिले युवा जोश र नयाँ-नयाँ कामको थालनी गर्न सक्ने बनिसकेको छ, विश्‍वमा त्यही परिचय स्थापित भएको छ। कर्मशील आफ्नो संस्कृतिको क्षमता विकास गर्दै नेतृत्व लिन सक्ने पनि छ।

मेरो स्वर र कल्पनामा नयाँ व्यवसाय गरिरहेको सम्झिन्छु। सामान्य भाषामा भन्छु, अंग्रेजी भाषाको ध्वनि जस्तै। विश्वभर कोभिड-१९ पछि व्यवसायको लागि एक अंश बन्नेछ।

अहिलेको समय आफ्नो जीवनशैलीको बारेमा सोच्न, व्यवसाय गर्नलाई अनुकूल छ। यो भन्नुको अर्थ यो हो कि संकटको समयमा पनि कार्यालय, व्यावसाय तथा आर्थिक कारोबार चल्न सक्छन्। जसले गर्दा भारतीयहरूको जीवनलाई कुनै असर गर्ने छैन।

अहिलेको समयमा डिजिटल विधिबाट पैसा भुक्तान गर्नु सबैभन्दा राम्रो उपाय हुन सक्छ। संकटको समयमा साना-साना पसलले आर्थिक कारोबार पनि ई-पेबाट गर्नुपर्छ। यस कार्यमा भारत पहिलेदेखि नै अगाडि छ।

अर्को महत्वपूर्ण विधि भनेको टेलिमेडिसिन विधि हो। हामीले अस्पताल र स्वास्थ्य क्लिनक नगइपनि यसको अभ्यास र उपचार विधिलाई अवलम्बन गरिसकेका छौँ। अहिलेको अवस्थामा यो अति धेरै आवश्यक छ। सुखद सन्देश पनि जान सक्छ। हामी अब विश्वसँग टेलिमेडिसिनको विकास गरेर व्यापारको नयाँ-नयाँ मोडलहरू विश्वसामु पस्कन सक्छौँ।

हुन सक्छ, यो समयमा हामीले कति प्रभावकारी बनाएका छौं। यसको लागि धेरै पुनर्विचार गर्नुपर्ने हुन्छ। क्षमता मात्रै भएर हुँदैन, त्यसका लागि कति समय खर्च भयो त्यो महत्वपूर्ण हुन्छ।

हामीले सम्भावित उत्पादनको विधिहरूबारेमा सोच्नुपर्छ। क्षमतासहित कार्य गरेमा त्यसको महत्व बढी हुने गर्दछ। काम लिएर मात्र हुन्न, काम तोकिएको समयसीमामा पूरा गर्नुपर्ने हुन्छ।

हामीसँग जोडिनुहोस। व्यापारको विधिहरूको विकास गर्छौ। जो यस धर्तीमा सबैभन्दा कमजोर ठानिएका गरिबहरूलाई विशेष प्राथमिकता साथ हेर्न सकिन्छ।

हाम्रो अगाडि जलवायु परिवर्तन ठूलो चुनौती बनेको छ। यसको लागि सबैले एकसाथ सामना गरौँ। यसले प्राकृतिक विनाश ल्याउँदैछ। यस्तो बेलामा मानवीय गतिविधि निश्क्रिय भएको छ। प्रविधिको विकासमै हाम्रो भविष्य छ। भविष्यमा हामी त्यही प्रविधिसँग अभ्यस्त हुनेछौ। हामीले प्रविधिबाट विस्तारै प्रभाव फैलाउँदै जानेछौं।

कोरोना भाइरसले हाम्रो लागि काम गर्नुपर्छ भन्ने भाव जगाएको छ। कम लागतमा स्वास्थ्य समस्याको बृहत् रुपमा समाधान गर्नुपर्छ। हाम्रो सानो-सानो प्रयासले पनि मानवताका लागि विश्वलाई उज्यालोरूपी सन्देश दिन सक्ने हुन्छौँ।

हामीले किसानहरूलाई कृषि क्षेत्रमा लगानी गर्नका लागि ढुक्न बनाउन सक्नुपर्छ। कृषि सामग्रीबारेमा सूचना र मेसिन उपलब्ध गराउनुपर्छ। कृषि बजार नभए पनि उनीहरूका लागि सदा ढुक्क हुनुपर्ने वातावरण निर्माण गर्नुपर्छ।

संकट पनि अवसर हो। कोभिड-१९ ले पनि अवसर ल्याएको छ भनेर बुझ्दा केही फरक पर्दैन। हातेमालो गरौँ, नयाँ अवसरको खोजी गरौँ। विकासका नयाँ ढोकाहरू खोलिन सक्छन्। त्यसलाई पुनर्मूल्यांकन गरौ।

अब यो समय खेल्ने होइन। कोभिड-१९ पछि भारत सबैभन्दा अगाडि हुनुपर्छ। हामीले हाम्रो मान्छे कसरी अगाडि लान सकिन्छ,  कसरी कार्यक्षमताको वृद्धि गर्न सकिन्छ त्यता सोचौं।

कोरोना भाइरसले कुन जाति, कुन धर्म, कुन रंग, कुन भाषा, कहाँको सीमा भन्दैन। हाम्रो बानी व्यवहारले भातृत्वको भावना फैलाएर हामी सदा सँगसँगै छौँ भनेर सन्देश दिनुपर्छ।

विगतलाई सम्झिँदा एक अर्काविरुद्ध लडिएका थियौँ। देश र समाज एकसाथ लडिरहेका थिए। तर, आज हामी सबै भएर साझा चुनौतीको सामना गरिरहेका छौँ। सबैजना मिलेर भविष्यमा अगाडि बढौँ।

भारतवासीको लागि मात्र होइन अब विश्वव्यापी मूल्य मान्यताको विकास भारतबाट हुनुपर्छ। यसका लागि नयाँ-नयाँ प्रयोगहरू खोजिनुपर्छ। सम्पूर्ण मानव जातिका लागि भारतले त्यो क्षमताको विकास गर्नुपर्छ।

भौतिक पूर्वाधारको माध्यमबाट मात्र भारत विश्‍वमा देखिएको थियो। जहाँ यातायात सडक,  गोदाम र समुद्री बन्दरगाहरू थिए। अब विश्वव्यापीरुपमा भारतबाट नै सम्पूर्ण कुराको नियन्त्रण हुनुपर्छ।

कोभिड-१९ पछि भौतिक रुपमा विश्वव्यापी भारतले कब्जा गर्ने छ। जटिल परिवेशबाट निस्केको हुनाले बहुराष्ट्रिय कम्पनी मार्फत विश्वव्यापी आपूर्ति गर्नेछ। त्यसको केन्द्र भारत बन्न सक्नेछ। हामीले त्यसको सदुपयोगर गरौँ, अब उठौं।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अंग्रेजी भाषामा लिखित यो लेख उनको लिंकडइन पेजमा उपलब्ध छ।

भावानुवाद : अतिन आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.