|

काठमाडौं : नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई ललितपुरको कुसुन्तीबाट हिरासतमा लिएको हो। 

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक उपाध्यायले फेसबुकमा भ्रमपूर्ण टिप्पणी गरेको बताइएको छ। साइबर ब्युरो स्रोतका अनुसार उनलाई पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ। 

उनले केही दिनअघि कैलालीमा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै अफवाह फैलाएको आरोप लागेको थियो।

उनले रूकुम पश्‍चिमका दुईजनको धनगढीमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको भनेर फेसबुकमा लेखेका थिए। नेकपाका नेतृव (प्रधानमन्त्री केपी शर्मा ओली), सरकार र मन्त्रीहरूको उनले कडा आलोचना गर्दै आएका थिए।

खानेपानी मन्त्रालयबाट रिटायर्ड भएका उपाध्याय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाबीच केही समयअघि भनाभन पनि भएको थियो।

आफूलाई प्रधानमन्त्रीले हटाउने भन्दै उपाध्यायले सामाजिक सञ्जालमा लेखेपछि कोइरालले उनलाई ‘अपराधी’ को संज्ञा दिएका थिए। उनले अरुको चरित्र हत्या नगर्न चेतावनी पनि दिएका थिए।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार आएसँगै पूर्वसचिव उपाध्यायले सामाजिक सञ्‍जालमा कोइरालासहितविरुद्ध लेखेपछि जवाफमा स्वास्थ्य सचिव उनले अपराधीको संज्ञा दिएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.