|
सबै फोटोहरू तुलसी भण्डारी

पर्सा : कोरोना भाइरसको जोखिम कम गर्न र यसबाट बच्न भन्दै गरिएको लकडाउन एक महिना पुगेको छ। 

सुरुवातमा निकै प्रभावपूर्ण रहेको लकडाउन केही दिनयता भने सकसपूर्ण बन्दै गएको छ। लकडाउनको असर देशका ग्रामीण भेगभन्दा बढी सहरमा बढी परेको छ। 

देशका मुख्य सहरबजार र त्यहाँ बसिरहेका नागरिक लकडाउनको प्रत्यक्ष मारमा परेका छन्। 

पर्साको वीरगन्जमा पनि लकडाउनका कारण निकै प्रभावित रह्यो । यो एक महिनामा जिल्लाका सहरबजार तथा जिल्ला भित्रिने नाकामा सरकारले निकै कडाइ पनि गर्‍यो । जसको कारण कोरोना भाइरस संक्रमण त फैलन पाएन, तर जिल्लाको आर्थिक गतिविधि ठप्प भए। देशको मुख्य नाका वीरगन्ज अहिले सुनसान छ। 

लकडाउनको एक महिने अवधिमा यस्तो देखिएको छ वीरगन्ज 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.