काठमाडौं : साइबर अपराधको मुद्दामा पक्राउ परेका नेपाल सरकारका पूर्वसचिव भीम उपध्यायलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंमा बिहीबार पेश गरिएकोपछि उनलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको साइवर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले जानकारी दिएका छन्।
प्रहरीले उपाध्यायलाई बुधबार साँझ उनकै निवास कुसुन्तीबाट पक्राउ गरेको थियो। उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको छ। उपाध्यायले सामाजिक सञ्जालमा सरकारको कडा विरोध गर्दै आएका थिए। उनले कोरोना भाइरसबारेमा अफवाह फैलाएको तथा प्रधानमन्त्रीमाथि अमर्यादित र आपत्तिजनक शब्दहरु प्रयोग गरेर लेखेको आरोप लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।