आजै आरडीटी परीक्षण र 'थ्रोट स्वाब' संकलन गरिने, माटार र ईनर्वामा आवतजावत बन्द

|

बारा : बारामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएका दुवै संक्रमितको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ।

उनीहरुको परिवारका २३ जना सदस्यलाई नियन्त्रणमा लिई सात जनालाई सिमराको कोरोना अस्थायी अस्पतालको आईसोलेशन वार्ड र १६ जनालाई सिमराको क्वारेन्टाइनमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन्‌।

सिम्रौनगढ घर भई ईनरुवासिरास्थित मस्जिदमा बस्दै आएका ३५ वर्षीय मुस्लिम धर्मगुरुका सहयोगी १७ वर्षीय युवकलाई उपमहानगरको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको हो।

सम्पर्कमा आएको खोजी सुरू

दुई जनामा संक्रमण पुष्टि भएसँगै उनीको सम्पर्कमा आएकाहरुको खोजी सुरू गरिएको छ।

बारामा संक्रमित भेटिएका दुई गाउँ सिल

संक्रमितको सम्पर्कमा आएकाहरुको ‘ट्राभल हिस्ट्री’ र 'कन्ट्याक ट्रेसिङ्ग'को आधारमा खोजी सुरू गरिएको हो। 

सुरक्षा समितिको बैठक बस्दै

जिल्लामा पहिलो पटक संक्रमण देखिएपछि बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ।

बैठकमा संक्रमितको सम्पर्कमा आएकाहरुको खोजि गरि आरडीटी परीक्षण र स्वाव संकलन गरेर परीक्षणका लागि पठाउने बारेमा निर्णय गरिने भएको छ।

आवागमनमा प्रतिबन्ध

जीतपुर बजारदेखि पूर्व अमाटार र ईनर्वा क्षेत्र जोखिममा रहेको भन्दै प्रशासनले आवागमनमा प्रतिबन्ध लगाइएको छ। जिल्ला सुरक्षा समितिले संक्रमणको जोखिम क्षेत्रलाई सिल गरिएको हो। 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरामा बस्दै आएका दुई जनामा संक्रमण भेटिएपछि प्रशासनले उक्त क्षेत्र सिल गरेको हो।

त्यसअघि प्रशासनको टोलीले स्थलगत निरीक्षण गरेको थियो। जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, ईलाका प्रशासन कार्यलयका प्रमुख कृष्ण गैरे, प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलिले जीतपुर र इनरुवासिरा क्षेत्रमा स्थलगत निरीक्षण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.