संक्रमितको सम्पर्कमा आएकाको व्यापक खोजी

|

बारा : बारामा एकै दिन दुई जनामा कोरोना संक्रमण देखिएपछि उनीहरु बसेको स्थान सिल गरिएको छ। 

जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर र १९ नम्बर वडामा बस्दै आएका दुई जनामा संक्रमण भेटिएको थियो। साथै उनीहरुको सम्पर्कमा आएकाहरुको प्रशासनले खोजी सुरु गरेको छ।  

जितपुरका ४३ वर्षीय पुरुषको परिवारलाई घरमै एकान्तबासमा बस्न भनिएको छ। सिम्रौनगढ घर भई इनरुवासिरास्थित मस्जिदमा बस्दै आएका १७ वर्षीय युवकलाई भने उपमहानगरको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ। 

उनी बस्दै आएको मस्जिदको वरिपरि क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरी सम्पर्कमा आएकाहरुको पहिचान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।

त्यसअघि दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सम्भावित जोखिम नियन्त्रण गर्न प्रशासनको टोलीले निरीक्षण गरेको थियो। जितपुर–सिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण पंगेनी, इलाका प्रशासन कार्यलयका प्रमुख कृष्ण गैरे, प्रहरी नायब उपरीक्षक गोविन्द पुरीसहित नेपाली सेना, सशस्त्र प्रहरीलगायतको टोलीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.