भारतीय र चिनिया नागरिक सबैभन्दा बढी

|

काठमाडौंः विभिन्‍न देशबाट नेपालमा आएर अपराधमा संलग्‍न ३ सय ५० भन्दा धेरै विदेशी नागरिकहरु राजधानीमा जेलमा बन्दी जीवन बिताइरहेका छन्। 

यसले नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न भएका विदेशी नागरिकको संख्या वर्षेनि बढिरहेको देखाएको छ। राजधानीका जेलमा सबैभन्दा बढी भारतीय, चिनियाँ र अफ्रिकन मुलुकका नागरिक छन्।

उपत्यकाका मुख्य तीन कारागारमा विदेशी नागरिकको संख्या बढिरहेको छ। राजधानिका कारागारमा भारतीय नागरिक सबैभन्दा बढी छन्। २ सय २१ भारतीय नागरिक यतिखेर उपत्यकाका मुख्य कारागारमा बन्दी जीवन बिताइरहेका छन्। कर्तव्य ज्यान मुद्दा, लागुऔषध कारोबार, चोरी, डकैती, जर्बजस्ती करणी उद्योगमा उनीहरु  सजाय काटिरहेका छन्।

सुनधारा जेलमा धेरै विदेशी

केन्द्रीय कारागार सुनधारामा भारतीय नागरिक १ सय छन्। जर्बजस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान मुदा, चोरीको अभियोगमा पुरुष र महिलासहित १ सय ९ जना भारतीय कैदीबन्दी रहेको केन्द्रीय कारागार सुनधाराका जेलर लक्ष्मी प्रसाद बास्कोटाले बताए। गत वर्षको तुलनामा यसपालि विदेशी नागरिकको संख्या बढेको बास्कोटाले जानकारी दिए। गत वर्ष १८० थिए, अहिले २ सय भन्दा बढी रहेका छन्। 

उनका अनुसार २७ जना चिनियाँ, १६ पाकिस्तानी, बुलेभिया ७, फ्रान्सेली ४, मलेसियन ४, थाइल्यान्ड ४, बंगलादेश ३, नाइजेरिया ३, नेदरल्याण्ड २, आइभरीकोष्ट २, जाम्बिया २, अमेरिकन २, बेलारुस २, साउथअफ्रिका २, बेलायत २, माली १, भुटान१, सिंगापुर१, रसिया १, जोर्डन १, अष्ट्रिया, १ म्यानमार १, टोबो १, सर्बिया १, इरान १, साउदी अरब १, पोर्चुगल १, ब्राजिल १, पोल्याण्ड १, जापान १, नामिबिया १, जर्मन १, कोरिया १, स्पेन १, भेनेज्युला १ फिलिपिन्स र नाम नखुलेको देश १ जना नागरिक छन्।

चिनियाँ नागरिक बैकिङ कसुरमा जेल परेका छन्। एटीएम फोडेका चिनियाँ नागरिक सुन्धारा जेलमा रहेको बास्कोटाले बताए। लागुऔषध कारोबारमा पाकिस्तान, भारत, थाइल्याण्ड, र अन्य मुलुकका नागरिक धेरै छन। कर्तव्य ज्यान र बलात्कार मुदामा भारतीय र फ्रान्सेली छन्। विदेशी मुद्रा अपचलनमा पनि केही विदेशी नागरिक रहेको बास्कोटाको भनाइ छ।

त्यसैगरी,  ३४ जना विदेशी महिला पनि छन्। भारतीय, थाइल्याण्ड, चीन, पाकिस्तान, कोरिया, भेनेज्युला, मलेसिया, जाम्बिया बोलिभियाका महिला छन्। लागुऔषध, जीउ मास्ने, विदेशी मुद्रा अपचलन, चोरी पैठारी, ठगी, संगठीत अपराध जस्ता अभियोगमा विदेशी महिला मुदा खेपिरहेको उनले बताए।

नख्खुमा १३० जना

ललितपुरको नख्खु कारागारमा विदेशी नागरिक १ सय ३० जना रहेको जेलर मोहन अधिकारीले बताए। उनका अनुसार भारतीय नागरिक सबैभन्दा बढी  छन्। १ सय ३ जना भारतीय नागरिक लागुऔषध कारोबार, कर्तव्य ज्यान मुद्दा, जर्बजस्ती करणी, चोरी र डाका अभियोगमा छन्।

चिनियाँ ४ नागरिक जना, रोमानिया ४, नाइजेरिया ३, तान्जिनिया २, बेलायत २, दक्षिण अफ्रिका १, जर्मन १, डेनमार्क १, पपुवानिउगी १, पाकिस्तान १, फ्रान्स १, बंगलादेश १, भुटान १, सेनेगल १, सिंगापुर १, रसिया १, इरान १ जना अन्य नाम नखुलेको नागरिक छन्।

चिनिया नागरिक राजश्व चुहावटको अभियोगमा, बेलायती नागरिक जाली राहदानी प्रयोग र अप्राकृतिक मैथुन, पाकिस्तानी नागरिक जिउ मास्ने र अधिकांश विदेशी नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेको उनले जानकारी दिए।

डिल्ली बजार कारागारमा २८ः

डिल्ली बजार कारागारमा २८ जना विदेशी नागरिक रहेको जेलर अरुण पोख्रेलले बताए। उनका अनुसार भारतीय सबैभन्दा बढी छन। वन्यजन्तु ओसारपसार, सवारी दुर्घटना, जर्बजस्ती करणी, लागुऔषध कारोबारमा १८ भारतीय छन्।

बंगलादेशी ४ जना वन्यजन्तु ओसारपसारको अभियोग र २ जना चिनियाँ नागरिक विदेशी मुद्रा अपचलनमा, पाकिस्तानी २ जना लागुऔषध कारोबार, खोटा चलन, अमेरिकन, कोरियन नागरिक लागुपदार्थ कारोबार अभियोगमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.