|

उदयपुर :  परिवारको खुशी आर्थिक अवस्था सुधार गर्ने विदेशिनेको लर्को लामो छ। ति मध्ये कति परिवारको दुखमा मल्हम लगाउन सफल भएका छन् भने कति कफिनमा फर्किन बाध्य छन्।  वैदेशिक रोजगारमा जानेहरू सबै  सकुशल नेपाल फर्किने अवस्था छैन।  

उदयपुरको एक परिवार एकमहिनादेखि शोकमा डुबेका छन्। कोरोना संक्रमणका बेला युएईको आबुधावीमा दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यको शव ल्याउन सक्ने अवस्था नभएपछि महिनादिनदेखि परिवारले रुदैं दिन काटिरहेका छन्।

कटारी २ खोक्साका ४० वर्षिय टुकबहादुर बुढाथोकीको गएको चैत्र २३ सडक दुर्घटनामा परी ज्यान गएपछि परिवार लकडाउन खुल्ला र शव ल्याएर दाहसंस्कार गरौंला भन्ने पर्खाइमा छ।

एकमहिनादेखि श्रीमानको शव विदेशमा अलपत्र परेपछि श्रीमति पुष्पा कुमारी खड्काको अवस्था दयनिय बनेको छ। एकोहोरो हुने एक्लै रुने र वस्ने गरेकी छिन्। श्रीमानको दुर्घटनामा मृत्यु भएपनि शव ल्याउन र अन्यत्र आउजाउ गर्न समस्या भएपछि पुष्पाको अवस्था समेत दयनिय बन्दै गएको हो। थाहाखबरकर्मी उनको घर पुग्दा एक्कासि भक्कानो फुटेर आँशु खसाएकी थिइन्।

कृषि मजदुरका रुपमा २०७५ असारमा वैदेशिक रोजगारीमा गएका बुढाथोकीको दुर्घटनामा ज्यान गएपछि कोरोना संक्रमणका कारण उनको शव ल्याउन सक्ने अवस्था नभएपछि रुदैँ दिन विताउनुको विकल्प नरहेको मृतकका दाजु कृष्णबहादुर बुढाथोकीले बताए।

अहिले शव ल्याउन सक्ने अवस्था नभएको समयमा बुढाथोकीलाई पठाउने अञ्जली ओभरसिजले भने आबुधावीमै दाहसंस्कार गर्ने भन्दै मञ्जरी हुन परिवारलाई दबाब दिइरहेको छ। परिवारले भने अन्तिमपटक शब हेरेर आफ्नै संस्कार अनुसार घरमै दाहसंस्कार गर्ने बताइरहेका छन्।  मृतक छोराको शव हेर्ने अन्तिम ईच्छा सहित एकमहिनादेखि ६५ वर्षिय आमा तोपकुमारी बुढाथोकीले रोएरै दिन विताइरहेकी छिन्।

प्रालिले बताए अनुसारको पारिश्रमिक नपाई कृषि मजदुरमा काम लगाएको उनको श्रीमति पुष्पा कुमारी खड्का बताउँछिन्। भनेजस्तो कमाई नभएपछि असारमा आउने बताएको बताउँदै श्रीमतिले दुर्घटनाभन्दा आधाघण्टा अघि मात्र कुरा भएको बताइन्। वैदेशिक रोजगारीमा श्रीमान बितेपछि परिवारलाई नै आर्थिक संकट थपिएको छ। २ कट्ठा मात्रै ऐलानी जग्गा भएको बुढाथोकी परिवारलाई गुजारा गर्न समेत संकट परेको हो।

 वैदेशिक रोजगारीमा गएका उनकै भरमा बुढाथोकी परिवारले गुजारा गर्दै आएको थियो।शव ल्याउन कुनै निकायले पहल पनि नगरेको र लकडाउनका कारण आफुले पनि घरबाहिर निस्किने र पहल गर्ने वातावरण नभएको बुढाथोकी परिवारले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.