|

दाङ : दाङमा युवाहरुले बलात्कारीलाई मृत्युदण्ड माग गर्दै प्रदर्शन गरेका छन्। तुलसीपुरमा बुधबार युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्ड माग गरेका हुन्।

तुलसीपुरको एकान्त होटेल चोकबाट सुरु भएको र्‍याली वीरेन्द्र चोकदेखि शितलपुर चोक पुगेर तुलसीपुर उपमहानगरपालिका अगाडि कोणसभामा परिणत भएको थियो।

‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही ?’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका थिए।

दिनप्रतिदिन विभन्न ठाउँमा बलात्कारका घटनाहरु भइरहेका र नेपालमा  मृत्युदण्डको व्यवस्था नभएसम्म यी र यस्ता घटना कमी नहुने युथ तुलसीपुरका अध्यक्ष वसन्त गिरीले बताए।

साथै बलात्कारीलाई कडाभन्दा कडा कानुन नहुँदासम्म घटना दोहोरिरहने समेत उनको भनाइ थियो। उनीहरुले तुलसीपुर उपमहानगरपालिकामा पुगेर सोही आशयको ज्ञापन पत्र बुझाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.