|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ जनामा पिसिआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६४ हजार १६० जनाको पिसिआर परीक्षण गरिएको छ। संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८४ जना रहेका छन्। जसमा महिला ७२ छन र पुरुष एक सय ६२ जना छन्।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार १९३ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार १३३ छन्। बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ जना पुगेको छ।पछिल्लोपटक ४९५ संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन्।

निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ३४२ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.