|

विराटनगर : प्रदेश १ सभा बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय भए पनि सदनमा राष्ट्रिय गान सकिएलगत्तै सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख प्रदीप कुमार भण्डारीले संसद बैठक स्थगित भएको घोषणा गरेका हुन्। 

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहित ६ जना सांसदले दलको विधान विपरीत कार्य गरेकाले कारबाही गरिएका सांसदहरू बैठकमा सहभागी हुन नपाउने भन्दै अवरोध गरेका थिए। 

संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कार्यसूचीमा मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव पेस हुन नसक्नु, संसदीय पद्धतिको इतिहासमा सरकारका पक्षले संसद अवरोध गरेको पहिलो घटना रहेको बताएका छन्। 

'प्रतिपक्षले अवरोध गर्नुपर्नेमा सरकार पक्षले स्थगित गर्नु अचम्मको घटना हो,' उनले भने, 'सरकार पक्ष र सभामुख भण्डारी बीचको सेटिङले संसद बन्धक बनेको छ।' 

नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तीन महिनाका लागि निलम्बन गरिएका १६ जना सांसदको अदालतबाट फुकुवा नभएसम्म वा दलले फिर्ता नलिएसम्म संसद चल्न नदिने दाबी गरेका छन्। 

त्यस्तै नेपाल–दाहाल पक्षका सांसद इन्द्रबहादुर आङबोले सत्ता पक्षले संसद बहिस्कार गरेको पहिलो घटना रहेको बताएका छन्। अविश्वासको पक्षधरसँग कुनै छलफल नै नगरी लामो समयसम्म संसदअवरुद्ध गरिएको छ, आङ्बोले भने, 'यो हामीलाई मान्य हुने छैन।' 

सत्ता पक्षले बिना परामर्श सहमतिका लागि आफूहरूसँग कुनै पनि परामर्श नगरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.