|

काठमाडाैं : भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टमा प्रभावशाली जित आत्मासाथ गरेको छ।

पहिलो टेस्टको अन्तिम दिन इंग्ल्यान्डले २२७ रनले भारतलाई हराएको हो। यसअघि इंग्ल्यान्डले भारतलाई घरेलु मैदानमा २००६ मा मुम्बईमा २१२ रनले पराजित गरेको थियो। 

भारतले चेन्नईको चेपक मैदानमा २२ वर्षपछि हार भोगेको हो। भारतले पछिल्लो पटक यो मैदानमा जनवरी १९९९ मा पाकिस्तानसँग १२ रनले पराजित भएको थियो। त्यसपछि भारतले यो मैदानमा ८ ओटा टेस्ट खेल खेलिसकेको छ। जसमा भारतले ५ खेलमा जित निकाल्दा तीन खेलमा बराबरी खेलेको छ। 

भारत ४ वर्षपछि घरेलु मैदानमा पराजित

भारतीय टीम आफ्नो घरेलु मैदानमा ४ वर्ष पछि पहिलो पटक पराजित भयो। यसअघि फेब्रुअरी २०१७ मा अस्ट्रेलियासँग पराजित भएको थियो। पुणे टेस्टमा भारत ३३३ रनले पराजित भएको थियो। हार बिचमाभारतले १४ टेस्ट खेलेको छ र ३ खेल बराबरी गरेको छ। 

४२० रनको लक्ष्य १९२ मा आउट

इंग्ल्यान्डले पहिलो इनिङमा ५७८ रन बनाएको थियो, भने दोस्रोमा १७८ रन बनाएको थियो। जवाफमा भारतीय टीमले पहिलो इनिङमा ३३७ रनमा समेटियो। जसका कारण भारतले समग्रमा ४२० रनको लक्ष्य पायो। जुन लक्ष्य पछ्याउने क्रममा भारत दोस्रो इनिङमा १९२ रनमा समेटयो।

दोस्रो इनिङमा खराब सुरुवात

४२० रनको लक्ष्य पछ्याएको भारतीय टिम २५ रनको अवस्थामा पहिलो विकेट गुमाउन बाध्य रह्यो। ओपनर रोहित शर्मा १२ रन बनाएर पेभिलियन फर्किँदा अन्यको प्रदर्शन पनि खराब रह्यो।

भारतले ११७ रन बनाउँदा ६ विकेट गुमाएको थियो। चेतेश्वरपुजारा १५ रनमा आउट हुँदा शुभमन गिलले ५० रनकोअर्धशतकीय इनिङ खेले। उसका लागि थप सम्झनलायक इनिङ कप्तान विराट कोहोलीको मात्र रह्यो। ​कोहलीले ७२ रन बनाए। उनले अश्विन सँग ७ औंविकेटका लागि १०५ बलमा ५४ रनको साझेदारी गर्दै टिमलाई बराबरीको आशा देखाए।

तर अश्विन र कोहली एकपछि अर्को गर्दै पेभिलियन फर्किएपछि भारत धेरै समय क्रिजमा टिक्न सकेन। स्पिनर ज्याकलिचले भारतीय टिमका ४ खेलाडीलाई पेभिलियन फर्काए। उनले रविचन्द्र आश्विन (९), रोहित शर्मा (१२), चेतेश्वरपुजारा (१५) र शाहबाज नदिम शून्य रन मापेभिलियन फर्किए। 

इशान्तको ३०० विकेट

​भारतका इशान्त शर्माले टेस्ट करिअरमा ३०० विकेट पूरा गरेका छन्। यस्तो गर्ने उनी भारतका छैटौं बलर हुन्। यसअघि अनिल कुंम्लेले, कपिल देव, हरभजन सिंह, रविचन्द्र आश्विन तथा जहीर खानले यो उपलब्धि हासिल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.