|

म्याग्दी : अर्गानिक गाउँको रुपमा परिचित उर्वर भूमि बगरफाँटमा पक्की घर ठडिने क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ। बेनी नगरपालिकी–२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधा भएकाले यहाँ पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएको छ।

बगरफाँटमा अहिलेसम्म सातवटा पक्की घर निर्माण भएका छन्। उपल्लो फाँट र तल्लोफाँट (पलासेँ क्षेत्र) गरी दुई भागमा बाँढिएको बगरफाँट म्याग्दीकै अन्न भण्डारको रुपमा चिनिन्छ।

यहाँका केही किसानहरुले खेतीपातीमा प्रविधिको प्रयोगको सुरु गरे पनि प्रायःले खनजोतदेखि मल, बिउसम्म परम्परागत प्रविधि र सीपको प्रयोग गरिरहेका छन्। स्थानीय मल, बिउ, प्रविधि र सीपको प्रयोग गरी अर्गानिक अन्न, तरकारी तथा फलफूल उत्पादन हुँदै आएको यस गाउँमा पछिल्लो समय घर निर्माण गर्ने क्रम बढ्दै गएपछि मलिलो माटो भएको उर्वर फाँट कंक्रिणमा परिणत हुँदै गएको किसान भीमबहादुर रिजालले बताए।

बगरफाँटका करिब २०० किसानले खेती गर्दै आएका छन्। यहाँका अधिकांश व्यक्तिहरुले कृषि पेसा अपनाए पनि यसलाई व्यवसायिक बनाउने भने कम रहेको बगरफाँटका अगुवा किसान जितबहादुर कार्कीले बताए।

कृषि ज्ञान केन्द्र म्याग्दीले यहाँका किसानलाई सहुलियत, अनुदान र निःशुल्क रुपमा विभिन्न किसिमका कृषि सामग्रीहरु प्रदान गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.