|

भक्तपुर : शनिबारदेखि सुरु भएको अन्तरनगर बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय च्याम्पियन सम्मिलित ललितपुर महानगरपालिकाले विजयी शुरुवात गरेको छ।

भक्तपुर नगरपालिकाको आयोजनामा जगातीस्थित महेश्वरी बैंक्वेटमा जारी प्रतियोगितामा ललितपुरले सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको हो। ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टोलीले गोदावरीलाई ४-० अंकले पराजित गरेको हो।

त्यस्तै काठमाडौं महानगरपालिकाले तारकेश्वर नगरपालिकालाई ३.५-०.५ अंकले पराजित गर्यो। काठमाडौंका लागि केशव श्रेष्ठ, नबिन तण्डुकार र राजेन्द्र बज्राचार्यले जित हासिल गरेका थिए भने रिजेन्द्र राजभण्डारीलाई तारकेश्वरका १२ वर्षीय पुरुषोत्तम सिलवालले बराबरीमा रोके।

अर्को प्रतिष्पर्धामा गोकर्णेश्वर नगरपालिकाले पोखरा महानगरपालिकालाई ३-१ अंकले पराजित गर्यो। गोकर्णेश्वरका पुण्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ र भगवती शर्माले जित हासिल गरे भने राजभक्त कछेपति पोखराका रामबहादुर क्षेत्रीसँग पराजित भए।

स्वीस लिग सात राउण्डको खेल हुने प्रतियोगितामा दोलखाको भिमेश्वर नगरपालिकाले भक्तपुरको सुर्यविनायक नगरपालिकालाई ३-१ अंकले पराजित गर्यो। त्यसैगरी दमक नगरपालिकाले बनेपा नगरपालिकालाई ४-० अंकले हराए। चार दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.